नेभिगेशन
समाज

खुलामञ्च मर्मत गर्न कांग्रेसले आफ्नै खर्चमा ४५ दिनभित्र दुबो रोप्ने

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको संरचना आफ्नै खर्चमा मर्मत गर्ने भएको छ। कांग्रेसले ४५ दिनभित्र खुलामञ्चलाई पूर्ववत् अवस्थामा फर्काउने गरी सेवा प्रदायक संस्था माउन्ट एभरेस्ट स्पोर्टस् एन्ड इभेन्ट्स प्रालिसँग सम्झौता गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

असोज १८ देखि २३ गतेसम्म खुलामञ्चमा आयोजित महाधिवेशनका क्रममा क्षति पुगेका भागमा नयाँ दुबो रोप्ने, जमिन सम्याउने र त्यसको स्याहारसम्भार गर्ने जिम्मेवारी कांग्रेसले लिएको हो। काठमाडौँ महानगरपालिकाको नियम र मापदण्डअनुसार खुलामञ्चलाई पुरानै अवस्थामा फर्काउन लाग्ने सम्पूर्ण खर्च पार्टीले नै बेहोर्ने सहमति भएको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

Ncell
Extreme Energy

मर्मतसम्बन्धी सम्झौतामा कांग्रेस महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्माको रोहवरमा दुलाल र माउन्ट एभरेस्ट इभेन्ट्सका प्रतिनिधि थमन भुषालले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार सुरुका १५ दिनभित्र क्षति पुगेका भागमा दुबो रोप्ने काम सम्पन्न गरिनेछ। त्यसपछिका ३० दिन दुबो हुर्काउने, सिँचाइ गर्ने र परिसरलाई हराभरा बनाउने काम गरिनेछ। दुबो रोप्ने मात्र नभई त्यसको उचित स्याहार तथा संरक्षणका लागि प्राविधिक रेखदेखसमेत गरिनेछ।

दुबो रोप्ने र त्यसको स्याहारसम्भार गर्ने काममा कांग्रेसको काठमाडौँ महानगर समितिलाई स्वयंसेवक परिचालनको जिम्मेवारी दिइएको छ। उक्त कामको संयोजन काठमाडौँ महानगर सभापति इन्जिनियर सुसन वैद्यले गर्नेछन्।

मर्मतसम्भारको काम पूरा भएपछि काठमाडौँ महानगरपालिकाको मापदण्डअनुसार खुलामञ्चलाई हस्तान्तरण गरिने वैद्यले बताए।

सम्झौताअनुसार कुल रकमको ८० प्रतिशत पेश्की उपलब्ध गराइनेछ भने बाँकी २० प्रतिशत काम सम्पन्न भएपछि भुक्तानी गरिनेछ।

सार्वजनिक कार्यक्रमका क्रममा क्षति पुगेको खुलामञ्चलाई मर्मत गरी पुनः प्रयोगयोग्य अवस्थामा फर्काउने जिम्मेवारी कांग्रेसले लिएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राज्यका संवेदनशील सूचना चुहाउनेले उन्मुक्ति पाउँदैनः गृहमन्त्री सुधन गुरुङ

राज्यका संवेदनशील सूचना चुहाउनेले उन्मुक्ति पाउँदैनः गृहमन्त्री सुधन गुरुङ

मन्त्री गुरुङले भने, “प्रहरीलाई उत्प्रेरित गर्ने गरी कानुनमार्फत सेवासुविधा थप गर्न वर्तमान सरकारले पहल गरिरहेको छ । आवास, स्वास्थ्यलगायतका सेवा सुविधा तथा सरुवा–बढुवालाई व्यवस्थित गरिनेछ ।” प्रहरीको उनले...
भक्तपुर दरबार स्क्वायरमा तस्बिर खिच्दै चिनियाँ पर्यटक (तस्बिरहरु)

भक्तपुर दरबार स्क्वायरमा तस्बिर खिच्दै चिनियाँ पर्यटक (तस्बिरहरु)

सार्क क्षेत्रबाट मात्रै ३०,०८५ पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २३.९ प्रतिशतको वृद्धि हो । यस क्षेत्रबाट सधैँझैँ भारतले सबैभन्दा ठुलो योगदान दिएको छ । सेप्टेम्बरमा...
कांग्रेस महाधिवेशनः खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत

कांग्रेस महाधिवेशनः खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत

त्यस्तै बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले चार हजार ७३२ मत प्राप्त गरी तेस्रो स्थानमा निर्वाचित भएका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार प्रा डा गोविन्दराज पोखरेलले...
बाढी पूर्वसूचना विस्तार र चार हिमतालको पानी घटाउन सरकारले अघि सार्‍यो यस्तो कार्ययोजना

बाढी पूर्वसूचना विस्तार र चार हिमतालको पानी घटाउन सरकारले अघि सार्‍यो यस्तो कार्ययोजना

सरकारले छवटा नदी बेसिनमा बाढी पूर्वसूचना प्रणाली विस्तार गर्ने र चारवटा ठूला हिमतालको पानीको सतह घटाएर विस्फोटनको जोखिम न्यूनीकरण गर्ने योजना अघि सारेको छ। जलस्रोतसम्बन्धी अनुसन्धान, बाढी पूर्वानुमान...