नेभिगेशन
समाज

खोकनामा दसैँको सट्टा सिकाली जात्रा (तस्बिरहरू)

ललितपुर । देशभर नेपालीहरूको प्रमुख चाड दसैँ मनाइरहँदा ललितपुरको खोकनामा भने परम्परागत रूपमा सिकाली जात्रा मनाउने गरिन्छ। सिकाली चौरस्थित मन्दिर परिसरमा स्थानीय भेला भएर पूजापाठ, देवी नृत्य र सामूहिक भोजसहित यो जात्रा मनाउँछन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दसैँ खोकनाबाट सुरु हुने विश्वास रहे पनि यहाँका बासिन्दाले परम्परागत रूपमा दसैँ मनाउँदैनन्। दसैँको समयमा खोकनावासी आफ्नै मौलिक संस्कृति र परम्पराअनुसार सिकाली जात्रा मनाउन व्यस्त हुन्छन्।

Ncell
Extreme Energy

स्कन्दपुराणको माघ माहात्म्यमा उल्लेखित कथाअनुसार दक्ष प्रजापतिको यज्ञलाई महाकाली, वीरभद्रलगायतका सैन्यगणले विध्वंस गरी देवगणलाई समेत तितरबितर पारेको प्रसङ्गमा आधारित रहेर यो जात्रा मनाइन्छ। सोही कथालाई स्मरण गर्दै बिहानै सिकाली चौरमा यज्ञमण्डप बनाएर यज्ञ गरिन्छ। पछि वीरभद्र र महाकालीले उक्त यज्ञ विध्वंस गरेको प्रसङ्गलाई जात्रामा प्रस्तुत गरिन्छ।

मुख्य रूपमा पूजापाठ र सामूहिक भोजका साथ मनाइने सिकाली जात्रा घटस्थापनादेखि नवमीसम्म सञ्चालन हुन्छ। यस अवधिमा श्रीस्वस्थानी व्रतकथामा आधारित देवी नृत्यसमेत प्रस्तुत गरिन्छ।

यस जात्राको विशेषता भनेकै स्थानीयले एकअर्कालाई दसैँको टीका नलगाई आफ्नै सांस्कृतिक पहिचानअनुसार पर्व मनाउनु हो। खोकनावासीका अनुसार सिकाली जात्रा दसैँभन्दा पुरानो सांस्कृतिक परम्परा हो। यही जात्रा मनाउन व्यस्त हुने भएकाले दसैँ मनाउन नभ्याउने गरेको उनीहरू बताउँछन्। तस्बिर– नेपाल फोटो लाइब्रेरी

f2de2b92-828e-42b3-b3bb-85069c4240e7-1792135939.jpeg

1846712f-2aa6-4891-9aa0-4a2c55fabbe6-1792135936.jpeg

e0a8f43b-ccba-4233-9f69-4eb987f64dee-1792135936.jpeg

263696df-60e0-48f6-a0f0-496bee985e56-1792135934.jpeg

61637d6c-3548-43a9-9160-7ad4b9fd63e4-1792135934.jpeg

010367a0-6811-415a-af2e-96a7d737bd45-1792135933.jpeg

534a2487-c018-4b0c-96ac-d545f190e48f-1792135932.jpeg

8fe8d00d-f47a-4b45-a11b-ff5cb39e25c1-1792135931.jpeg

39acf970-440e-4261-a368-ec75e6797811-1792135931.jpeg

6bda049d-46c3-4025-9523-756cc29a6536-1792135929.jpeg

8d0c2d77-29e7-4472-94b9-af5cb29fc1a9-1792135929.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
कांग्रेस महाधिवेशनः  मतगणना सकियो, दसैंपछि प्रमाणपत्र

कांग्रेस महाधिवेशनः मतगणना सकियो, दसैंपछि प्रमाणपत्र

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ ।
यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरु)

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरु)

नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
राज्यका संवेदनशील सूचना चुहाउनेले उन्मुक्ति पाउँदैनः गृहमन्त्री सुधन गुरुङ

राज्यका संवेदनशील सूचना चुहाउनेले उन्मुक्ति पाउँदैनः गृहमन्त्री सुधन गुरुङ

मन्त्री गुरुङले भने, “प्रहरीलाई उत्प्रेरित गर्ने गरी कानुनमार्फत सेवासुविधा थप गर्न वर्तमान सरकारले पहल गरिरहेको छ । आवास, स्वास्थ्यलगायतका सेवा सुविधा तथा सरुवा–बढुवालाई व्यवस्थित गरिनेछ ।” प्रहरीको उनले...