नेभिगेशन
समाज

चितवन, झापा र रुपन्देहीका ५७ परिवारले पाए लालपुर्जा

काठमाडौं । चितवन, झापा र रुपन्देहीका ५७ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारले जग्गाधनी पुर्जा (लालपुर्जा) पाएका छन्। सम्बन्धित जिल्लाका भूमि समस्या समाधान समितिले उनीहरूलाई लालपुर्जा वितरण गरेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चितवनको इच्छाकामना गाउँपालिका–७ का ३२ भूमिहीन सुकुम्बासी र एक भूमिहीन दलित परिवारले लालपुर्जा प्राप्त गरेका छन्। त्यस्तै, झापाको अर्जुनधारा नगरपालिका–११ का सात अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण गरिएको छ।

Ncell
Extreme Energy

यसैगरी, रुपन्देहीको गैडहवा गाउँपालिका–८ र ९ का १४ भूमिहीन दलित तथा दुई भूमिहीन सुकुम्बासी परिवारले जग्गाधनी पुर्जा पाएका छन्।

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नभएका यी परिवार लालपुर्जा पाएसँगै कानुनी रूपमा जग्गाधनी बनेका छन्।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राख्दै देशभर लालपुर्जा वितरण प्रक्रिया तीव्र बनाएको छ।

भूमिमन्त्री प्रतिभा रावलले कानुनी अड्चन नरहेकाले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान प्रक्रिया तीव्र गतिमा अघि बढ्ने बताएकी छन्। यसका लागि सम्बन्धित स्थानीय तहको सहयोगसमेत अपेक्षा गरेको उनले उल्लेख गरिन्।

“कानुनी अड्चन नरहेकाले अब भूमिहीन, सुकुम्बासी एवं अव्यवस्थित बसोबासीको समस्या समाधान प्रक्रिया तीव्र गतिमा अघि बढ्छ। यसका लागि सम्बन्धित स्थानीय तहको सहयोगसमेत अपेक्षा गरेकी छु,” मन्त्री रावलले भनिन्।

WhatsApp-Image-2026-10-16-at-14.39.34-(1)-1792143452.jpeg

WhatsApp-Image-2026-10-16-at-14.39.34-1792143452.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सभामुख अर्याल र अमेरिकी कार्यवाहक राजदूत बाउल्डिनबीच शिष्टाचार भेट

सभामुख अर्याल र अमेरिकी कार्यवाहक राजदूत बाउल्डिनबीच शिष्टाचार भेट

सभामुख डोलप्रसाद (डीपी) अर्यालले रसुवा तथा भोटेकोशी क्षेत्रमा बाढीबाट उत्पन्न विपद्का बेला नेपाललाई सहयोग गरेकोमा अमेरिकी सरकारलाई धन्यवाद दिएका छन्।
चिकित्सा शिक्षामा ४१८ सिट थप

चिकित्सा शिक्षामा ४१८ सिट थप

चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्र २०८३/८४ का लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा ४१८ सिट थप गर्ने निर्णय गरेको छ। थपिएका सिट सरकारी शिक्षण संस्थामा केन्द्रित गरिएको छ...
खगेन्द्र सुनारको अडियो प्रकरणमा आवश्यक परे अनुसन्धान हुन्छ : मन्त्री तिमिल्सिना

खगेन्द्र सुनारको अडियो प्रकरणमा आवश्यक परे अनुसन्धान हुन्छ : मन्त्री तिमिल्सिना

सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले सांसद खगेन्द्र सुनारको विवादास्पद अडियो प्रकरणमा आवश्यक परे सरकारले अनुसन्धान गर्ने बताएका छन्।
मधेश सरकारबाट किन बाहिरियो एमाले?

मधेश सरकारबाट किन बाहिरियो एमाले?

नेकपा एमाले मधेश प्रदेश सरकारबाट बाहिरिएको छ। एमालेका चार मन्त्रीले मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा बुझाएका छन् भने पार्टीले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको जनाएको छ।