नेभिगेशन
समाज

मधेश सरकारबाट किन बाहिरियो एमाले?

जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेश सरकारबाट बाहिरिएको छ। एमालेका चार मन्त्रीले मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा बुझाएका छन् भने पार्टीले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमालेका प्रमुख सचेतक हरिनारायण महतोले मन्त्रीहरूले राजीनामा बुझाएको र पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको जानकारी दिएका हुन्।

Ncell
Extreme Energy

सरकारबाट बाहिरिने एमालेका मन्त्रीहरूमा श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह छन्।

मधेश प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्री छन्। उनको नेतृत्वको सरकारमा नेपाली कम्युनिस्ट पार्टी पनि गठबन्धनमा सहभागी छ।

एमालेले समर्थन फिर्ता लिएसँगै मधेश प्रदेश सरकारको राजनीतिक समीकरणमा फेरबदल हुने देखिएको छ। एमालेले नयाँ सरकार गठनको कसरतका लागि समर्थन फिर्ता लिएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सभामुख अर्याल र अमेरिकी कार्यवाहक राजदूत बाउल्डिनबीच शिष्टाचार भेट

सभामुख अर्याल र अमेरिकी कार्यवाहक राजदूत बाउल्डिनबीच शिष्टाचार भेट

सभामुख डोलप्रसाद (डीपी) अर्यालले रसुवा तथा भोटेकोशी क्षेत्रमा बाढीबाट उत्पन्न विपद्का बेला नेपाललाई सहयोग गरेकोमा अमेरिकी सरकारलाई धन्यवाद दिएका छन्।
चिकित्सा शिक्षामा ४१८ सिट थप

चिकित्सा शिक्षामा ४१८ सिट थप

चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्र २०८३/८४ का लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा ४१८ सिट थप गर्ने निर्णय गरेको छ। थपिएका सिट सरकारी शिक्षण संस्थामा केन्द्रित गरिएको छ...
खगेन्द्र सुनारको अडियो प्रकरणमा आवश्यक परे अनुसन्धान हुन्छ : मन्त्री तिमिल्सिना

खगेन्द्र सुनारको अडियो प्रकरणमा आवश्यक परे अनुसन्धान हुन्छ : मन्त्री तिमिल्सिना

सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले सांसद खगेन्द्र सुनारको विवादास्पद अडियो प्रकरणमा आवश्यक परे सरकारले अनुसन्धान गर्ने बताएका छन्।
चितवन, झापा र रुपन्देहीका ५७ परिवारले पाए लालपुर्जा

चितवन, झापा र रुपन्देहीका ५७ परिवारले पाए लालपुर्जा

चितवन, झापा र रुपन्देहीका ५७ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारले जग्गाधनी पुर्जा (लालपुर्जा) पाएका छन्। सम्बन्धित जिल्लाका भूमि समस्या समाधान समितिले उनीहरूलाई लालपुर्जा वितरण गरेका...