नेभिगेशन
समाज

खगेन्द्र सुनारको अडियो प्रकरणमा आवश्यक परे अनुसन्धान हुन्छ : मन्त्री तिमिल्सिना

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सांसद खगेन्द्र सुनारको विवादास्पद अडियो प्रकरणमा आवश्यक परे सरकारले अनुसन्धान गर्ने बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै उनले सरकारले कुनै पनि मुद्दा दबाउन नखोज्ने बताए।

Ncell
Extreme Energy

‘सरकारले कुनै पनि मुद्दालाई दबाउन खोज्ने कुरा हुँदैन। आवश्यक पर्दाखेरि अनुसन्धान गरेर यसलाई विधिसम्मत रूपमा कसरी अगाडि बढाउनुपर्छ, त्यसअनुसार प्रक्रिया अघि बढ्छ,’ उनले भने।

सञ्चारकर्मीले अडियो प्रकरणमा सरकारले छानबिन नगरी किन दबाउन खोजेको भन्दै प्रश्न गरेका थिए। जवाफमा मन्त्री तिमल्सिनाले सरकारले मुद्दा दबाउन खोजेको भन्ने आरोपको आधारबारे प्रश्न गर्दै त्यस्तो कुनै नियत नरहेको बताए।

‘तपाईंले कुन प्रमाणको आधारमा, कुन तथ्यको आधारमा दबाउन खोजेको भन्नुभयो? सरकारको त्यस्तो कुनै नियत छैन, त्यस्तो हुनुहुँदैन। आवश्यक सबै प्रक्रिया अगाडि बढ्छ,’ उनले भने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सभामुख अर्याल र अमेरिकी कार्यवाहक राजदूत बाउल्डिनबीच शिष्टाचार भेट

सभामुख अर्याल र अमेरिकी कार्यवाहक राजदूत बाउल्डिनबीच शिष्टाचार भेट

सभामुख डोलप्रसाद (डीपी) अर्यालले रसुवा तथा भोटेकोशी क्षेत्रमा बाढीबाट उत्पन्न विपद्का बेला नेपाललाई सहयोग गरेकोमा अमेरिकी सरकारलाई धन्यवाद दिएका छन्।
चिकित्सा शिक्षामा ४१८ सिट थप

चिकित्सा शिक्षामा ४१८ सिट थप

चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्र २०८३/८४ का लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा ४१८ सिट थप गर्ने निर्णय गरेको छ। थपिएका सिट सरकारी शिक्षण संस्थामा केन्द्रित गरिएको छ...
मधेश सरकारबाट किन बाहिरियो एमाले?

मधेश सरकारबाट किन बाहिरियो एमाले?

नेकपा एमाले मधेश प्रदेश सरकारबाट बाहिरिएको छ। एमालेका चार मन्त्रीले मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा बुझाएका छन् भने पार्टीले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको जनाएको छ।
चितवन, झापा र रुपन्देहीका ५७ परिवारले पाए लालपुर्जा

चितवन, झापा र रुपन्देहीका ५७ परिवारले पाए लालपुर्जा

चितवन, झापा र रुपन्देहीका ५७ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारले जग्गाधनी पुर्जा (लालपुर्जा) पाएका छन्। सम्बन्धित जिल्लाका भूमि समस्या समाधान समितिले उनीहरूलाई लालपुर्जा वितरण गरेका...