नेभिगेशन
समाज

चिकित्सा शिक्षामा ४१८ सिट थप

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्र २०८३/८४ का लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा ४१८ सिट थप गर्ने निर्णय गरेको छ। थपिएका सिट सरकारी शिक्षण संस्थामा केन्द्रित गरिएको छ भने निजी मेडिकल कलेजको सिट सङ्ख्या यथावत् राखिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले यस शैक्षिक सत्रका लागि कुल ९ हजार ६९१ सिट निर्धारण गरेको हो। यो सङ्ख्या गत शैक्षिक सत्रको तुलनामा ४१८ ले बढी हो।

Ncell
Extreme Energy

सिट निर्धारणका लागि देशभरका ९० वटा शिक्षण संस्थाले स्वमूल्याङ्कन फाराम भरेर सिट माग गरेका थिए। अनुगमन टोलीले दिएको प्रतिवेदनका आधारमा तीमध्ये ८४ वटा शिक्षण संस्थाका लागि यस वर्ष सिट निर्धारण गरिएको आयोगले जनाएको छ।

आयोगका सदस्यसचिव हरिप्रसाद निरौलाका अनुसार एमबीबीएसतर्फ गत वर्षको तुलनामा ११० सिट थप गरिएको छ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले एमबीबीएसका लागि ५० सिट पाएको छ भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३०–३० सिट थप गरिएको छ।

‘निजी मेडिकल कलेजको हकमा भने यस वर्ष सिट वृद्धि गरिएको छैन। एमबीबीएसमा बढेको सिट सरकारी संस्थाको मात्र हो,’ सदस्यसचिव निरौलाले भने।

एमबीबीएसबाहेक अन्य चिकित्सा शिक्षा कार्यक्रमका सिट पनि बढाइएको छ। उनका अनुसार बीएससी नर्सिङतर्फ गत वर्षको तुलनामा २१० सिट र बीएमएसतर्फ ९८ सिट थप गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऊर्जा मन्त्री श्रेष्ठको सक्रियतामा विद्युत व्यापारमा ऐतिहासिक फड्को, ३५ वर्षमा नभएको काम ६ महिनामै फत्ते!

ऊर्जा मन्त्री श्रेष्ठको सक्रियतामा विद्युत व्यापारमा ऐतिहासिक फड्को, ३५ वर्षमा नभएको काम ६ महिनामै फत्ते!

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत व्यापारमा ऐतिहासिक फड्को मारेका छन् ।
दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव, यी दिन वर्षा र हिमपातको सम्भावना

दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव, यी दिन वर्षा र हिमपातको सम्भावना

यस वर्षको दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार फूलपातीदेखि विजयादशमीसम्म देशका हिमाली तथा केही पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
सभामुख अर्याल र अमेरिकी कार्यवाहक राजदूत बाउल्डिनबीच शिष्टाचार भेट

सभामुख अर्याल र अमेरिकी कार्यवाहक राजदूत बाउल्डिनबीच शिष्टाचार भेट

सभामुख डोलप्रसाद (डीपी) अर्यालले रसुवा तथा भोटेकोशी क्षेत्रमा बाढीबाट उत्पन्न विपद्का बेला नेपाललाई सहयोग गरेकोमा अमेरिकी सरकारलाई धन्यवाद दिएका छन्।
खगेन्द्र सुनारको अडियो प्रकरणमा आवश्यक परे अनुसन्धान हुन्छ : मन्त्री तिमिल्सिना

खगेन्द्र सुनारको अडियो प्रकरणमा आवश्यक परे अनुसन्धान हुन्छ : मन्त्री तिमिल्सिना

सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले सांसद खगेन्द्र सुनारको विवादास्पद अडियो प्रकरणमा आवश्यक परे सरकारले अनुसन्धान गर्ने बताएका छन्।