नेभिगेशन
समाज

दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव, यी दिन वर्षा र हिमपातको सम्भावना

 काठमाडौं । यस वर्षको दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार फूलपातीदेखि विजयादशमीसम्म देशका हिमाली तथा केही पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाशाखाले शुक्रबार जारी गरेको दसैँ विशेष मौसम बुलेटिनअनुसार नेपालबाट मनसुन बहिर्गमन भइसकेको छ। दसैँ अवधिभर पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने देखिएको महाशाखाले जनाएको छ।

Ncell
Extreme Energy

शनिबार फूलपातीका दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्नेछ। अन्य प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ। देशका पहाडी क्षेत्रमा पनि आंशिक बादल लाग्ने पूर्वानुमान छ।

मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

फूलपातीका दिन देशका हिमाली क्षेत्र तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ। राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। तराईका केही स्थानमा बिहानपख हुस्सु वा कुहिरो लाग्ने सम्भावना छ।

आइतबार अष्टमीका दिन पनि देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ। मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

अष्टमीका दिन देशका हिमाली क्षेत्र तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ। राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ। तराईमा बिहानपख केही स्थानमा हुस्सु वा कुहिरो लाग्न सक्ने महाशाखाको पूर्वानुमान छ।

महाशाखाका अनुसार कात्तिक २, ३ र ४ गते कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ। देशका बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

यस अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुरु भयो काठमाडौं महानगरमा बाइक एम्बुलेन्स सेवा

सुरु भयो काठमाडौं महानगरमा बाइक एम्बुलेन्स सेवा

काठमाडौं महानगरपालिकाले जोखिममा रहेका बिरामीलाई तत्काल प्राथमिक उपचार उपलब्ध गराउन बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ।
ऊर्जा मन्त्री श्रेष्ठको सक्रियतामा विद्युत व्यापारमा ऐतिहासिक फड्को, ३५ वर्षमा नभएको काम ६ महिनामै फत्ते!

ऊर्जा मन्त्री श्रेष्ठको सक्रियतामा विद्युत व्यापारमा ऐतिहासिक फड्को, ३५ वर्षमा नभएको काम ६ महिनामै फत्ते!

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत व्यापारमा ऐतिहासिक फड्को मारेका छन् ।
सभामुख अर्याल र अमेरिकी कार्यवाहक राजदूत बाउल्डिनबीच शिष्टाचार भेट

सभामुख अर्याल र अमेरिकी कार्यवाहक राजदूत बाउल्डिनबीच शिष्टाचार भेट

सभामुख डोलप्रसाद (डीपी) अर्यालले रसुवा तथा भोटेकोशी क्षेत्रमा बाढीबाट उत्पन्न विपद्का बेला नेपाललाई सहयोग गरेकोमा अमेरिकी सरकारलाई धन्यवाद दिएका छन्।
चिकित्सा शिक्षामा ४१८ सिट थप

चिकित्सा शिक्षामा ४१८ सिट थप

चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्र २०८३/८४ का लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा ४१८ सिट थप गर्ने निर्णय गरेको छ। थपिएका सिट सरकारी शिक्षण संस्थामा केन्द्रित गरिएको छ...