नेभिगेशन
समाज

सुरु भयो काठमाडौं महानगरमा बाइक एम्बुलेन्स सेवा

काठमाडौं । काठमाडौं महानगरपालिकाले जोखिममा रहेका बिरामीलाई तत्काल प्राथमिक उपचार उपलब्ध गराउन बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ। ट्राफिक जामका कारण चारपाङ्ग्रे एम्बुलेन्स समयमै पुग्न नसक्ने अवस्थामा तालिमप्राप्त स्वास्थ्यकर्मीलाई घटनास्थलसम्म छिटो पुर्‍याउने उद्देश्यले सेवा सुरु गरिएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबार काठमाडौं प्लाजाबाट बाइक एम्बुलेन्स सेवा सुरु गर्दै सञ्चालनका लागि नेपाल एम्बुलेन्स सेवालाई हस्तान्तरण गरिन्।

Ncell
Extreme Energy

‘एम्बुलेन्स भन्नेबित्तिकै बिरामी बोकेर अस्पताल जाने सवारीसाधन भन्ने सोचिन्छ। तर, हामीले जोखिममा रहेका बिरामी भएको ठाउँमा आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मी पुर्‍याउन यो सेवा थालेका हौँ,’ डंगोलले भनिन्।

उनका अनुसार ट्राफिक जामका कारण चारपाङ्ग्रे एम्बुलेन्स अपेक्षित समयमा पुग्न नसक्ने अवस्थामा बाइक एम्बुलेन्सले जीवन बचाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।

‘यस्तो अवस्थामा जीवन बचाउन आवश्यक पर्ने सुरुवाती केही मिनेटभित्रै दक्ष जनशक्ति बिरामी भएको ठाउँमा पुर्‍याउन यो सेवा थालेका हौँ,’ उनले भनिन्।

बाइक एम्बुलेन्समा जाने इमर्जेन्सी मेडिकल टिम (ईएमटी) ले चारपाङ्ग्रे एम्बुलेन्स पुग्नुअघि बिरामीलाई प्राथमिक उपचार गर्ने र अवस्था थप बिग्रिन नदिने काम गर्नेछ। त्यसपछि एम्बुलेन्स पुगेपछि बिरामीलाई थप उपचारका लागि अस्पताल लगिनेछ।

बाइक एम्बुलेन्स बिरामी बोक्ने सवारीसाधन नभई स्वास्थ्यकर्मीलाई घटनास्थल वा बिरामी भएको ठाउँमा छिटो पुर्‍याउने माध्यम हो। यसले घर वा घटनास्थलमै हुने मृत्युको दर घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको कार्यवाहक प्रमुख डंगोलले बताइन्।

बाइक एम्बुलेन्समा प्राथमिक तथा आकस्मिक स्वास्थ्य सेवाका लागि आवश्यक सामग्री र उपकरण राखिएको ‘रेड ब्याग’ पनि हुनेछ।

नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष डा. अनिल श्रेष्ठले आकस्मिक स्वास्थ्य सेवामा महानगरपालिकाको लगानीले नागरिकको जीवन बचाउन योगदान पुग्ने बताए। बाइक एम्बुलेन्स सेवाको प्रयोग र प्रभावबारे घटनाको विवरण तथा तथ्याङ्क संकलन गरेर महानगरपालिकालाई उपलब्ध गराउने उनले जानकारी दिए।

महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले बाइक एम्बुलेन्स सेवा कार्यवाहक प्रमुख डंगोलको नयाँ सोचको परिणाम भएको बताए। परीक्षण अवधिको समीक्षा गरेपछि यसको विकास र विस्तारको योजना बनाइने उनले जानकारी दिए।

बाइक एम्बुलेन्स सञ्चालनका लागि शुक्रबार काठमाडौं महानगरपालिका र नेपाल एम्बुलेन्स सेवाबीच द्विपक्षीय सम्झौता पनि भएको छ।

WhatsApp-Image-2026-10-16-at-16.35.44-1792149889.jpeg

WhatsApp-Image-2026-10-16-at-16.35.42-1792149888.jpeg

WhatsApp-Image-2026-10-16-at-16.35.43-1792149889.jpeg

WhatsApp-Image-2026-10-16-at-16.35.44-1792149889.jpeg

WhatsApp-Image-2026-10-16-at-16.35.41-(1)-1792149888.jpeg

WhatsApp-Image-2026-10-16-at-16.35.41-1792149888.jpeg

WhatsApp-Image-2026-10-16-at-16.35.42-(1)-1792149888.jpeg

WhatsApp-Image-2026-10-16-at-16.35.40-1792149887.jpeg

WhatsApp-Image-2026-10-16-at-16.35.39-1792149887.jpeg

WhatsApp-Image-2026-10-16-at-16.35.44-1792149824.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऊर्जा मन्त्री श्रेष्ठको सक्रियतामा विद्युत व्यापारमा ऐतिहासिक फड्को, ३५ वर्षमा नभएको काम ६ महिनामै फत्ते!

ऊर्जा मन्त्री श्रेष्ठको सक्रियतामा विद्युत व्यापारमा ऐतिहासिक फड्को, ३५ वर्षमा नभएको काम ६ महिनामै फत्ते!

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत व्यापारमा ऐतिहासिक फड्को मारेका छन् ।
दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव, यी दिन वर्षा र हिमपातको सम्भावना

दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव, यी दिन वर्षा र हिमपातको सम्भावना

यस वर्षको दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार फूलपातीदेखि विजयादशमीसम्म देशका हिमाली तथा केही पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
सभामुख अर्याल र अमेरिकी कार्यवाहक राजदूत बाउल्डिनबीच शिष्टाचार भेट

सभामुख अर्याल र अमेरिकी कार्यवाहक राजदूत बाउल्डिनबीच शिष्टाचार भेट

सभामुख डोलप्रसाद (डीपी) अर्यालले रसुवा तथा भोटेकोशी क्षेत्रमा बाढीबाट उत्पन्न विपद्का बेला नेपाललाई सहयोग गरेकोमा अमेरिकी सरकारलाई धन्यवाद दिएका छन्।
चिकित्सा शिक्षामा ४१८ सिट थप

चिकित्सा शिक्षामा ४१८ सिट थप

चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्र २०८३/८४ का लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा ४१८ सिट थप गर्ने निर्णय गरेको छ। थपिएका सिट सरकारी शिक्षण संस्थामा केन्द्रित गरिएको छ...