नेभिगेशन
समाज

आज फूलपाती भित्र्याइँदै, कालरात्रि देवीको पूजा गरिँदै

काठमाडौं । बडादसैँको सातौँ दिन आज घरघरमा फूलपाती भित्र्याइँदै छ। नवरात्रको सातौँ दिन दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वैदिक सनातन परम्पराअनुसार आश्विन शुक्ल सप्तमीका दिन कालरात्रि देवीको पूजा गर्ने चलन छ। प्राणीमात्रलाई नष्ट गर्ने काललाई समेत भगवतीले नष्ट गरिदिने मान्यताका आधारमा यस स्वरूपलाई कालरात्रि भनिएको हो। विभिन्न पुराणमा कालरात्रि देवीलाई कृष्ण वर्णकी र भयङ्कर आकृतिकी देवीका रूपमा वर्णन गरिएको छ।

Ncell
Extreme Energy

नवरात्रको पहिलो दिन असोज १५ गते घटस्थापना गरी दसैँघर तथा पूजा कोठामा जौँको जमरा राखिएको थियो। त्यस दिन नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी पूजा आराधना गरिएको थियो। दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता र छैटौँ दिन कात्यायनी देवीको पूजा गरिएको थियो।

आज सातौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गासप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ। नवरात्रमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।

वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन्। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गरिन्छ। यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना तथा दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ। आज फूलपाती अपराह्नमा दसैँघर वा पूजा कोठामा भित्र्याउने वैदिक विधि छ।

नवरात्रका नौ दिन पूजा आराधना गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म प्रसादस्वरूप टीका र जमरा लगाउने चलन छ। यसरी नेपालीले १५ दिनसम्म बडादसैँ पर्व मनाउँछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगन थापालाई गोकुल बाँस्कोटाको बधाई : बाटोभरि फूल मात्र छैन, काँडा पनि छन्

गगन थापालाई गोकुल बाँस्कोटाको बधाई : बाटोभरि फूल मात्र छैन, काँडा पनि छन्

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापालाई बधाई दिँदै उनको आगामी राजनीतिक यात्रामा चुनौतीसमेत रहेको टिप्पणी गरेका छन्।
दसैँअघि आरुघाटमा बेलीब्रिज जोडेर यातायात खुलाइने

दसैँअघि आरुघाटमा बेलीब्रिज जोडेर यातायात खुलाइने

बूढीगण्डकीको बाढीले पुलको एक भाग बगाएपछि अवरुद्ध गोरखा–धादिङ जोड्ने आरुघाटको मोटरेबल पुलमा बेलीब्रिज जडान गर्न थालिएको छ।
दसैँ–तिहारका लागि डीडीसीको घिउ र याक चिज दुबईमा

दसैँ–तिहारका लागि डीडीसीको घिउ र याक चिज दुबईमा

दुग्ध विकास संस्थान (डीडीसी) को थप १ हजार ५०० किलो घिउ र याक चिज संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पुगेको छ।