नेभिगेशन
समाज

राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा एकजुट हुन अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बडादसैँका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस पर्वले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्भाव र भाइचारालाई मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको बताएका छन्।

Ncell
Extreme Energy

बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक नेपालमा प्रत्येक जातजातिका आ–आफ्नै परम्परा भए पनि दसैँले सामाजिक एकता र आपसी सद्भावलाई बलियो बनाएको उनको भनाइ छ। भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच सामाजिक एकता सुदृढ गर्नुका साथै सांस्कृतिक एकता र पहिचान कायम राख्न पनि यस पर्वले सहयोग पुर्‍याएको उनले उल्लेख गरेका छन्।

राष्ट्रपति पौडेलले विजयादशमीका दिन दुर्गा भगवतीले दानवी शक्तिमाथि र भगवान् रामले रावणमाथि विजय हासिल गरेको धार्मिक तथा ऐतिहासिक प्रसङ्ग स्मरण गर्दै दसैँलाई अन्यायमाथि न्याय र असत्यमाथि सत्यको विजयका रूपमा मनाइने पर्वका रूपमा व्याख्या गरेका छन्।

दसैँमा पारिवारिक जमघट र पुनर्मिलनमार्फत खुसी तथा हार्दिकता साटासाट गरिने उल्लेख गर्दै उनले पारिवारिक, सामाजिक, धार्मिक, सांस्कृतिक र राष्ट्रियताका दृष्टिले यस पर्वको विशेष महत्त्व रहेको बताएका छन्।

यसैबीच, राष्ट्रपति पौडेलले देशका विभिन्न भागमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

राष्ट्रपतिले बाढीबाट प्रभावित नागरिकको पुनःस्थापनाका लागि सबै पक्षलाई एकताबद्ध भएर अघि बढ्नसमेत अपिल गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगन थापालाई गोकुल बाँस्कोटाको बधाई : बाटोभरि फूल मात्र छैन, काँडा पनि छन्

गगन थापालाई गोकुल बाँस्कोटाको बधाई : बाटोभरि फूल मात्र छैन, काँडा पनि छन्

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापालाई बधाई दिँदै उनको आगामी राजनीतिक यात्रामा चुनौतीसमेत रहेको टिप्पणी गरेका छन्।
दसैँअघि आरुघाटमा बेलीब्रिज जोडेर यातायात खुलाइने

दसैँअघि आरुघाटमा बेलीब्रिज जोडेर यातायात खुलाइने

बूढीगण्डकीको बाढीले पुलको एक भाग बगाएपछि अवरुद्ध गोरखा–धादिङ जोड्ने आरुघाटको मोटरेबल पुलमा बेलीब्रिज जडान गर्न थालिएको छ।
दसैँ–तिहारका लागि डीडीसीको घिउ र याक चिज दुबईमा

दसैँ–तिहारका लागि डीडीसीको घिउ र याक चिज दुबईमा

दुग्ध विकास संस्थान (डीडीसी) को थप १ हजार ५०० किलो घिउ र याक चिज संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पुगेको छ।