नेभिगेशन
समाज

दसैँ–तिहारका लागि डीडीसीको घिउ र याक चिज दुबईमा

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) को थप १ हजार ५०० किलो घिउ र याक चिज संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पुगेको छ। यसअघि परीक्षणका रूपमा पठाइएको घिउले बजारमा सकारात्मक प्रतिक्रिया पाएपछि दसैँ–तिहारलाई लक्षित गर्दै थप दुग्धजन्य उत्पादन निर्यात गरिएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रातो र चन्द्र–सूर्य इन्टरनेसनलका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेका अनुसार नेपालबाट पठाइएका उत्पादन दुबईस्थित मातृभूमि जनरल ट्रेडिङ एलएलसीका सोनापुर, मुराक्काबात र सालाह अल दिन मेट्रो स्टेसनमा रहेका तीन बिक्री केन्द्रबाट वितरण हुँदै आएका छन्।

Ncell
Extreme Energy

उक्त कम्पनीले दुई वर्षदेखि नेपाली रैथाने उत्पादन विदेशी बजारमा पुर्‍याउँदै आएको छ।

‘पहिले पठाइएको घिउले राम्रो बजार पाएपछि माग बढेको छ। अहिले १५० किलो याक चिज, पेडा र घिउ थप पठाएका छौँ,’ घिमिरेले भने, ‘नेपाली उत्पादनलाई विदेशमा रहेका नेपालीसँगै अन्य उपभोक्तामाझ पुर्‍याएर बजार विस्तार गर्ने हाम्रो उद्देश्य हो। दुबईलाई प्रवेशद्वार बनाएर भविष्यमा यूएईबाहेक पश्चिम एसियाका अन्य बजारमा समेत नेपाली दुग्धजन्य उत्पादन विस्तार गर्ने लक्ष्य छ।’

डीडीसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार संस्थानले आफ्ना उत्पादनको अन्तर्राष्ट्रिय बजारमा सम्भावना परीक्षण गर्दै निर्यात विस्तार गर्ने योजना बनाएको छ। विदेश पठाइएका उत्पादनबाट प्राप्त हुने बजार प्रतिक्रिया र मागका आधारमा आगामी रणनीति तय गरिने उनले बताए।

‘यसअघि सीमित परिमाणमा पठाइएका उत्पादनलाई परीक्षणका रूपमा हेरिएको थियो। पछिल्लो पटक घिउको परिमाण उल्लेख्य रूपमा बढाइएको छ। यसले हाम्रा उत्पादन नियमित रूपमा विदेशी बजारमा लैजाने सम्भावना बढाएको छ,’ पाण्डेले भने, ‘निर्यातलाई निरन्तरता दिने उद्देश्यले दूध सङ्कलन र उत्पादन विस्तारमा जोड दिएका छौँ।’

डीडीसीले यसअघि जापानलगायतका देशमा पनि घिउ निर्यात गरेको थियो। तर, ती निर्यातले निरन्तरता पाउन सकेका थिएनन्।

विदेशी बजारलाई लक्षित गर्दै डीडीसीले प्याकेजिङमा समेत परिवर्तन गरेको छ। दुबई पठाइएको घिउ सिसाका भाँडामा प्याकेजिङ गरिएको छ। त्यसैगरी, उत्पादनको लेबलमा नेपाली र अंग्रेजीसँगै अरबी भाषा पनि प्रयोग गरिएको छ। स्थानीय उपभोक्तालाई उत्पादनसम्बन्धी जानकारी सहज रूपमा उपलब्ध गराउन र बजारअनुकूल बनाउन अरबी भाषामा समेत लेबल राखिएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगन थापालाई गोकुल बाँस्कोटाको बधाई : बाटोभरि फूल मात्र छैन, काँडा पनि छन्

गगन थापालाई गोकुल बाँस्कोटाको बधाई : बाटोभरि फूल मात्र छैन, काँडा पनि छन्

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापालाई बधाई दिँदै उनको आगामी राजनीतिक यात्रामा चुनौतीसमेत रहेको टिप्पणी गरेका छन्।
दसैँअघि आरुघाटमा बेलीब्रिज जोडेर यातायात खुलाइने

दसैँअघि आरुघाटमा बेलीब्रिज जोडेर यातायात खुलाइने

बूढीगण्डकीको बाढीले पुलको एक भाग बगाएपछि अवरुद्ध गोरखा–धादिङ जोड्ने आरुघाटको मोटरेबल पुलमा बेलीब्रिज जडान गर्न थालिएको छ।
राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा एकजुट हुन अपिल

राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा एकजुट हुन अपिल

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन्।