नेभिगेशन
समाज

दसैँअघि आरुघाटमा बेलीब्रिज जोडेर यातायात खुलाइने

गोरखा । बूढीगण्डकीको बाढीले पुलको एक भाग बगाएपछि अवरुद्ध गोरखा–धादिङ जोड्ने आरुघाटको मोटरेबल पुलमा बेलीब्रिज जडान गर्न थालिएको छ। नेपाली सेना र गोरखा सडक योजना कार्यालयले दसैँअघि नै यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम अघि बढाएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत आइतबार बूढीगण्डकीको बाढीले पुलको गोरखातर्फको भाग बगाएपछि आरुघाट बजार र पृथ्वीराजमार्गबीचको आवागमन अवरुद्ध भएको थियो। सवारीसाधन चल्न नसक्दा दसैँका बेला उत्तरी गोरखामा आवतजावत प्रभावित भएको छ।

Ncell
Extreme Energy

गोरखा सडक योजना कार्यालयका प्रमुख विनोद पुनका अनुसार पुलको दुवैतर्फका जिप तयार गर्ने काम भइरहेको छ। पुलका प्राविधिक काम कार्यालयले र बेलीब्रिजको डेक जडान गर्ने काम नेपाली सेनाले गरिरहेको छ।

‘आजसम्म पुलको दुवैतर्फको जिप तयार गरिसक्छौँ। भोलिदेखि नेपाली सेनाले डेक जडानको काम सुरु गर्छ। सेनाले दुई दिनमा काम सम्पन्न गर्छौँ भनेको छ। दसैँअघि नै त्यहाँ गाडी चल्छ,’ पुनले भने।

उनका अनुसार बाढीले बगाएको भागमा तत्काल यातायात सञ्चालन गर्न २२ मिटर लम्बाइ र चार मिटर चौडाइको बेलीब्रिज जडान गरिँदै छ। दसैँअघि नै सवारीसाधन चलाउन मिल्ने गरी रातदिन काम भइरहेको उनले बताए।

गत आइतबार बूढीगण्डकीको सहायक खोला उङ्गिलुङमा पहिरो गएर खोला थुनिएपछि एक्कासि आएको बाढीले पुलको गोरखातर्फको भाग बगाएको थियो।

उत्तरी गोरखाका आरुघाट, धार्चे र चुमनुब्री गाउँपालिकालाई पृथ्वीराजमार्गसँग जोड्ने उक्त मोटरेबल पुल २०७० सालमा निर्माण गरिएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगन थापालाई गोकुल बाँस्कोटाको बधाई : बाटोभरि फूल मात्र छैन, काँडा पनि छन्

गगन थापालाई गोकुल बाँस्कोटाको बधाई : बाटोभरि फूल मात्र छैन, काँडा पनि छन्

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापालाई बधाई दिँदै उनको आगामी राजनीतिक यात्रामा चुनौतीसमेत रहेको टिप्पणी गरेका छन्।
दसैँ–तिहारका लागि डीडीसीको घिउ र याक चिज दुबईमा

दसैँ–तिहारका लागि डीडीसीको घिउ र याक चिज दुबईमा

दुग्ध विकास संस्थान (डीडीसी) को थप १ हजार ५०० किलो घिउ र याक चिज संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पुगेको छ।
राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा एकजुट हुन अपिल

राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा एकजुट हुन अपिल

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन्।