नेभिगेशन
समाज

चिकित्सा शिक्षामा थपिएका ४१८ सिट सबै सरकारी शिक्षण संस्थामा : मन्त्री पोखरेल

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मिता पोखरेलले चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ थपिएका ४१८ वटै सिट सरकारी शिक्षण संस्थालाई दिइएको बताएकी छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री पोखरेलले शनिबार सार्वजनिक सन्देशमार्फत निजी कलेजको सिट संख्या यथावत् राखेर थप सिट सरकारी शिक्षण संस्थालाई दिइएको जानकारी दिएकी हुन्।

Ncell
Extreme Energy

उनका अनुसार निजी क्षेत्रलाई निरुत्साहित गर्नु नभई जेहेन्दार विद्यार्थीले कम शुल्कमा सरकारी शिक्षण संस्थामा अध्ययन गर्ने अवसर पाऊन् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो।

थपिएका सिटमध्ये एमबीबीएसतर्फ ११०, बीएससी नर्सिङतर्फ २१० र बीएमएसतर्फ ९८ सिट छन्।

सुदूरपश्चिमको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ५० सिटसहित एमबीबीएसको पठनपाठन सुरु हुने भएको छ। त्यस्तै, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसतर्फ ३०–३० सिट थपिएका छन्।

मन्त्री पोखरेलले नेपालमै गुणस्तरीय चिकित्सा शिक्षाको पहुँच विस्तार गर्न र विद्यार्थीलाई आफ्नै देशमा चिकित्सक तथा नर्स बन्ने वातावरण तयार गर्न सरकार क्रियाशील रहेको बताएकी छन्।

उनले विद्यार्थीको उज्ज्वल भविष्य निर्माण गर्ने प्रयासमा सबैको साथ र विश्वासको अपेक्षासमेत गरेकी छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
फूलपातीको रौनक : कतै घर फर्किनेको भीड, कतै मन्दिरमा भक्तजनको घुइँचो

फूलपातीको रौनक : कतै घर फर्किनेको भीड, कतै मन्दिरमा भक्तजनको घुइँचो

बडादसैँको फूलपातीका दिन शनिबार देशभर दसैँको रौनक छाएको छ। दसैँ मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चहलपहल बढेको छ भने विभिन्न शक्तिपीठ र मन्दिरमा पूजा आराधना गर्ने भक्तजनको घुइँचो...
उपराष्ट्रपति यादवको शुभकामना : दसैँले सद्भाव र राष्ट्रिय एकताको भावना बलियो बनाओस्

उपराष्ट्रपति यादवको शुभकामना : दसैँले सद्भाव र राष्ट्रिय एकताको भावना बलियो बनाओस्

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विजयादशमीले विभाजन र वैमनस्यभन्दा माथि उठेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र सहअस्तित्वको भावना बलियो बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
वीरगञ्जका मुख्य सडक विस्तार हुँदै, आठ किलोमिटर सडक स्तरोन्नति गरिने

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै, आठ किलोमिटर सडक स्तरोन्नति गरिने

हेटौँडास्थित सडक डिभिजन कार्यालयले वीरगञ्जका मुख्य सडक विस्तार तथा स्तरोन्नति गर्ने भएको छ।
सेती नदीमा निर्माणाधीन दुई पुलको ७० प्रतिशत काम पूरा, फागुन २१ सम्म सक्ने लक्ष्य

सेती नदीमा निर्माणाधीन दुई पुलको ७० प्रतिशत काम पूरा, फागुन २१ सम्म सक्ने लक्ष्य

पृथ्वीराजमार्गअन्तर्गत सेती नदीमाथि निर्माणाधीन दुईवटा नयाँ पक्की पुलको ७० प्रतिशत काम पूरा भएको छ। मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डअन्तर्गत निर्माण भइरहेका पुल आगामी फागुन २१ गतेसम्म सम्पन्न गर्ने...

भर्खरै