नेभिगेशन
समाज

सेती नदीमा निर्माणाधीन दुई पुलको ७० प्रतिशत काम पूरा, फागुन २१ सम्म सक्ने लक्ष्य

कास्की । पृथ्वीराजमार्गअन्तर्गत सेती नदीमाथि निर्माणाधीन दुईवटा नयाँ पक्की पुलको ७० प्रतिशत काम पूरा भएको छ। मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डअन्तर्गत निर्माण भइरहेका पुल आगामी फागुन २१ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पुरानो पुलको दायाँ र बायाँतर्फ निर्माण भइरहेका अपस्ट्रिम र डाउनस्ट्रिम दुवै पुल १९० मिटर लम्बाइका छन्। पुल निर्माणका लागि २०७९ भदौ २६ गते एक अर्ब सात करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

Ncell
Extreme Energy

मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुँवरले निर्माणको भौतिक प्रगति करिब ७० प्रतिशत पुगेको जानकारी दिए। उनका अनुसार निर्माणका क्रममा देखिएका अवरोध हटिसकेकाले निर्धारित म्यादभित्रै काम सम्पन्न हुने अपेक्षा गरिएको छ।

‘पुल अब म्यादभित्रै सम्पन्न हुन्छ। काममा कुनै अवरोध छैन। घरटहराको मुआब्जालगायत विषयसमेत टुंगो लागेर सम्बन्धित व्यक्तिले रकम बुझिसक्नुभएको छ,’ कुँवरले भने।

निर्माण कम्पनीका अनुसार डाउनस्ट्रिम पुलको गर्डर निर्माण सम्पन्न भइसकेको छ भने चारवटा टावर (पाइलन) निर्माणको काम अन्तिम चरणमा पुगेको छ। अब मुख्य रूपमा स्टे केबलमा तनाव दिने (स्ट्रेसिङ) काममा ध्यान केन्द्रित गरिएको छ।

एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागअन्तर्गत निर्माण भइरहेका यी पुल तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित एम/एस रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिसँग सम्झौता गरिएको थियो। निर्धारित समयमा काम नसकिएपछि म्याद थप गरिएको हो। हाल निर्माणको म्याद आगामी फागुन २१ गतेसम्म कायम छ।

आयोजना प्रमुख कुँवरका अनुसार चीनबाट आवश्यक जनशक्ति ल्याउनुपर्ने, चिनियाँ कामदारबाट इन्जिनियरिङबाहेकका काम गराउन कठिन हुने अवस्था तथा निर्माण सामग्री आयातमा भएको ढिलाइले काम प्रभावित भएको थियो। खानेपानीका पाइप स्थानान्तरण गर्नुपर्ने समस्याले पनि निर्माणमा ढिलाइ भएको उनले बताए।

त्यस्तै, सेती नदीको उत्तरी भागमा सडक पहुँच व्यवस्थापन, जग्गा प्राप्ति र मुआब्जासम्बन्धी समस्याले पनि निर्माणमा अवरोध सिर्जना गरेको थियो। एसियाली विकास बैंकको नीतिअनुसार सम्बन्धित जग्गाधनी तथा व्यवसायीलाई सडक पहुँच उपलब्ध गराउनुपर्ने भएपछि दुईवटा घर भत्काउनुपरेको थियो।

मुआब्जामा चित्त नबुझाएका जग्गाधनीले प्रशासनले निर्धारण गरेको रकम लिन नमानेपछि निर्माण प्रभावित भएको कुँवरले बताए। लामो प्रयासपछि उनीहरू सहमतिमा आएपछि पुलको माथिल्लो भागमा समेत काम गर्न सहज भएको उनले जानकारी दिए।

सेती नदीमाथिको हालको पुल २०३२ सालमा निर्माण गरिएको हो। पुरानो पुल साँघुरो भएपछि त्यसको दायाँ र बायाँतर्फ थप एक–एकवटा पक्की पुल निर्माण सुरु गरिएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको पत्राचार

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको पत्राचार

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदाका अवधिमा अस्पतालका अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई पत्राचार गरेको छ।
फूलपातीको रौनक : कतै घर फर्किनेको भीड, कतै मन्दिरमा भक्तजनको घुइँचो

फूलपातीको रौनक : कतै घर फर्किनेको भीड, कतै मन्दिरमा भक्तजनको घुइँचो

बडादसैँको फूलपातीका दिन शनिबार देशभर दसैँको रौनक छाएको छ। दसैँ मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चहलपहल बढेको छ भने विभिन्न शक्तिपीठ र मन्दिरमा पूजा आराधना गर्ने भक्तजनको घुइँचो...
उपराष्ट्रपति यादवको शुभकामना : दसैँले सद्भाव र राष्ट्रिय एकताको भावना बलियो बनाओस्

उपराष्ट्रपति यादवको शुभकामना : दसैँले सद्भाव र राष्ट्रिय एकताको भावना बलियो बनाओस्

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विजयादशमीले विभाजन र वैमनस्यभन्दा माथि उठेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र सहअस्तित्वको भावना बलियो बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
वीरगञ्जका मुख्य सडक विस्तार हुँदै, आठ किलोमिटर सडक स्तरोन्नति गरिने

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै, आठ किलोमिटर सडक स्तरोन्नति गरिने

हेटौँडास्थित सडक डिभिजन कार्यालयले वीरगञ्जका मुख्य सडक विस्तार तथा स्तरोन्नति गर्ने भएको छ।

भर्खरै