नेभिगेशन
समाज

फूलपातीको रौनक : कतै घर फर्किनेको भीड, कतै मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौं । बडादसैँको फूलपातीका दिन शनिबार देशभर दसैँको रौनक छाएको छ। दसैँ मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चहलपहल बढेको छ भने विभिन्न शक्तिपीठ र मन्दिरमा पूजा आराधना गर्ने भक्तजनको घुइँचो लागेको छ। बजारमा पूजाका सामग्री किनमेल गर्नेको भीड पनि उत्तिकै छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दसैँ मनाउन घर फर्किने यात्रुको चाप बढेसँगै उपत्यकाका विभिन्न स्थानमा बसको प्रतीक्षामा रहेका सर्वसाधारण देखिन्छन्। भक्तपुरको सल्लाघारीमा घर जान बस कुरिरहेका यात्रु हुन् वा कैलालीको धनगढी बसपार्कमा आ–आफ्ना गन्तव्यतर्फ जान तयारी अवस्थामा राखिएका बस, यी दृश्यले दसैँमा घर फर्किनेको चटारो झल्काउँछन्।

Ncell
Extreme Energy

उता, फूलपातीका दिन मन्दिरहरूमा बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ। पोखराको फेवातालको बीचमा अवस्थित तालबाराही मन्दिरमा पूजा आराधना र दर्शन गर्न भक्तजन लामबद्ध भएका छन्। पोखराकै प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा पनि विधिपूर्वक पूजा गरी फूलपाती भित्र्याइएको छ।

काठमाडौंको तारकेश्वर नगरपालिका–४ स्थित पुरानो गुह्ययेश्वरी मन्दिरमा पनि फूलपातीका अवसरमा भक्तजनको घुइँचो लागेको छ। त्यहाँ पूजा आराधना गरेपछि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा रहेको नेपाली सेनाको श्री भैरवी दल गणतर्फ फूलपाती भित्र्याउन लगिएको छ।

यता, भक्तपुरको टौमढी क्षेत्रमा फूलपातीका लागि पूजाका सामग्री किनमेल गर्ने सर्वसाधारणको भीड देखिन्छ। घर फर्किने तयारी, मन्दिरमा पूजा आराधना र बजारमा किनमेलका यी दृश्यले दसैँको धार्मिक, सांस्कृतिक र पारिवारिक उल्लासलाई एकैसाथ प्रस्तुत गर्छन्।

फूलपातीका दिनका केही दृश्य :

१. विन्ध्यवासिनी मन्दिरमा फूलपाती

पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा पूजा आराधनापछि सुरक्षाकर्मीबाट फूलको डोली भित्र्याइँदै।

KDKaski20261017_092404-(1)-1792211894.jpg

KD_Kaski20261017_092407-(1)-1792211894.jpg

KD_Kaski-20261017_093031-(1)-1792211990.jpg
२. गुह्ययेश्वरीबाट गणतर्फ फूलपाती

HRB_KTM1000186908-(2)-1792212048.jpg

३. घर फर्किने यात्रुको प्रतीक्षामा बस

कैलालीको धनगढी बसपार्कमा दसैँ मनाउन विभिन्न गन्तव्यमा जाने यात्रुका लागि तयारी अवस्थामा राखिएका बस। दसैँमा घर फर्किने यात्रुको चाप बढेको छ।

TRO_Kailali2-(1)-1792212138.jpg
४. पूजाका सामग्री किनमेल

भक्तपुर नगरपालिका–५ स्थित टौमढी क्षेत्रमा फूलपातीका लागि पूजाका सामग्री किनमेल गर्दै सर्वसाधारण।

PP_BhaktapurIMG_7061-(1)-1792212179.jpg

HRB_KTM1000186845-(1)-1792212269.jpg

HRB_KTM1000186824-(1)-1792212288.jpg

HRB_KTM1000186844-(1)-1792212285.jpg

HRB_KTM1000186838-(1)-1792212285.jpg

HRB_KTM1000186845-(1)-1792212269.jpg

PP_BhaktapurIMG_6957-1792212238.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इलाममा धारिलो हतियार प्रहार गरी ५५ वर्षीय पुरुषको हत्या

इलाममा धारिलो हतियार प्रहार गरी ५५ वर्षीय पुरुषको हत्या

इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहारबाट एक पुरुषको हत्या भएको छ।
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको पत्राचार

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको पत्राचार

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदाका अवधिमा अस्पतालका अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई पत्राचार गरेको छ।
उपराष्ट्रपति यादवको शुभकामना : दसैँले सद्भाव र राष्ट्रिय एकताको भावना बलियो बनाओस्

उपराष्ट्रपति यादवको शुभकामना : दसैँले सद्भाव र राष्ट्रिय एकताको भावना बलियो बनाओस्

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विजयादशमीले विभाजन र वैमनस्यभन्दा माथि उठेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र सहअस्तित्वको भावना बलियो बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
वीरगञ्जका मुख्य सडक विस्तार हुँदै, आठ किलोमिटर सडक स्तरोन्नति गरिने

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै, आठ किलोमिटर सडक स्तरोन्नति गरिने

हेटौँडास्थित सडक डिभिजन कार्यालयले वीरगञ्जका मुख्य सडक विस्तार तथा स्तरोन्नति गर्ने भएको छ।

भर्खरै