नेभिगेशन
समाज

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको पत्राचार

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदाका अवधिमा अस्पतालका अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई पत्राचार गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रालयले दसैँ बिदामा नागरिकले सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा पाउने व्यवस्था मिलाउन तथा अस्पतालका अत्यावश्यक सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन आग्रह गरेको हो।

Ncell
Extreme Energy

मन्त्रालयले अस्पतालमा आवश्यक स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको ड्युटी रोस्टर तयार गरी पर्याप्त जनशक्तिको व्यवस्था गर्न भनेको छ। त्यस्तै, आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया, प्रसूति सेवा र सघन उपचार सेवासहितका अत्यावश्यक सेवा नियमित सञ्चालन हुने सुनिश्चित गर्न निर्देशन दिएको छ।

दसैँ बिदाका अवधिमा आवश्यक औषधि, स्वास्थ्य उपकरण, रगत तथा रक्तजन्य पदार्थ र अन्य स्वास्थ्य सामग्रीको पर्याप्त मौज्दात राख्न पनि मन्त्रालयले आग्रह गरेको छ। आकस्मिक अवस्थामा तत्काल सेवा दिन तयारी अवस्थामा रहन र अस्पताल पूर्ण रूपमा बन्द नगर्न मन्त्रालयले भनेको छ।

सेवा प्रवाहका क्रममा देखिन सक्ने समस्या तथा गुनासोको तत्काल सम्बोधन र समन्वयका लागि अस्पतालहरूले एक जना सम्पर्क व्यक्ति (फोकल पर्सन) तोक्नुपर्नेछ। ती व्यक्तिको नाम, पद, सम्पर्क नम्बर र ड्युटी रोस्टरसहितको विवरण मन्त्रालयले तोकेको इमेल ठेगानामा पठाउनुपर्ने व्यवस्था गरिएको छ।

मन्त्रालयले दसैँ बिदाभर स्वास्थ्य सेवा प्रभावकारी रूपमा सञ्चालन भए–नभएको अनुगमन गर्न र नागरिकले आवश्यक स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने सुनिश्चित गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इलाममा धारिलो हतियार प्रहार गरी ५५ वर्षीय पुरुषको हत्या

इलाममा धारिलो हतियार प्रहार गरी ५५ वर्षीय पुरुषको हत्या

इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहारबाट एक पुरुषको हत्या भएको छ।
फूलपातीको रौनक : कतै घर फर्किनेको भीड, कतै मन्दिरमा भक्तजनको घुइँचो

फूलपातीको रौनक : कतै घर फर्किनेको भीड, कतै मन्दिरमा भक्तजनको घुइँचो

बडादसैँको फूलपातीका दिन शनिबार देशभर दसैँको रौनक छाएको छ। दसैँ मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चहलपहल बढेको छ भने विभिन्न शक्तिपीठ र मन्दिरमा पूजा आराधना गर्ने भक्तजनको घुइँचो...
उपराष्ट्रपति यादवको शुभकामना : दसैँले सद्भाव र राष्ट्रिय एकताको भावना बलियो बनाओस्

उपराष्ट्रपति यादवको शुभकामना : दसैँले सद्भाव र राष्ट्रिय एकताको भावना बलियो बनाओस्

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विजयादशमीले विभाजन र वैमनस्यभन्दा माथि उठेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र सहअस्तित्वको भावना बलियो बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
वीरगञ्जका मुख्य सडक विस्तार हुँदै, आठ किलोमिटर सडक स्तरोन्नति गरिने

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै, आठ किलोमिटर सडक स्तरोन्नति गरिने

हेटौँडास्थित सडक डिभिजन कार्यालयले वीरगञ्जका मुख्य सडक विस्तार तथा स्तरोन्नति गर्ने भएको छ।

भर्खरै