नेभिगेशन
समाज

डोल्पामा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय स्थापना

काठमाडौँ । डोल्पामा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय स्थापना भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केन्द्रबाट खटिएकी रास्वपा नेतृ भीमा केसीको अगुवाईमा डोल्पाको सदरमुकाम दुनैमा शुक्रबार पार्टी कार्यालय स्थापना भएको हो । 

Ncell
Extreme Energy

डोल्पामा गत वैशाख १६ गते दिपसिंह ऐरको नेतृत्वमा १३ सदस्यीय पार्टीको जिल्ला तदर्थ समिति गठन गरिएको थियो । 

६ महिनापछि शुक्रबार उपसभापति युवराज शाहीको सभापतित्वमा रास्वपा डोल्पाको पार्टी कार्यालय स्थापना गरिएको हो । 

यसअघि पार्टीको जिल्ला कार्यसमिति जिल्ला समन्वय समितिको हलमा गठन गरिएको थियो । पार्टी कार्यालय नहुँदा बैठक बस्नै समस्या हुने गरेको थियो । 

'विभिन्न समस्याहरुका बाबजुद पार्टी कार्यालय स्थापना गर्न सकेका थिएनाै । असोज ३० गते शुक्रबार 
सदरमुकाम दुनैमा कार्यालय स्थापना गरी अभियान सुचारु गरेका छौं,' केन्द्रीय नेतृ केसीले भनिन् ।  

रास्वपाले गएको निर्वाचनमा डोल्पामा समानुपातिकतर्फ ३१ सय मत प्राप्त गरेको थियो । प्रत्यक्षमा भने जित हासिल गर्न सकेन ।  

पार्टी कार्यालय स्थापनासँगै अबका दिनमा डोल्पामा पार्टीका गतिविधि र संगठन निर्माणका लागि पार्टी कार्यालयमा बसेर काम गर्न सहज हुने नेतृ केसीले बताइन् । डोल्पाले पाउनुपर्ने अधिकारका लागि पार्टीले आवाज उठाउने नेतृ केसीको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किशोर श्रेष्ठको गिरफ्तारी प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : योगेश भट्टराई

किशोर श्रेष्ठको गिरफ्तारी प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : योगेश भट्टराई

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पत्रकार किशोर श्रेष्ठलाई गिरफ्तार गरेर सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गरेको आरोप लगाएका छन्।
तातोपानी नाका तीन दिन खुल्ने

तातोपानी नाका तीन दिन खुल्ने

तातोपानी नाका कात्तिक १ देखि ३ गतेसम्म तीन दिन खुल्ने भएको छ।
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ घरबाटै पक्राउ

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ घरबाटै पक्राउ

जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ परेका छन्।
बालेन सरकारले सुकुम्बासी समस्या निमिट्यान्स पार्न कानुन ल्याउँदा कांग्रेसले गर्‍यो विरोध

बालेन सरकारले सुकुम्बासी समस्या निमिट्यान्स पार्न कानुन ल्याउँदा कांग्रेसले गर्‍यो विरोध

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा दिन अध्यादेशमार्फत ल्याएको कानुनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

भर्खरै