नेभिगेशन
समाज

चाडपर्वमा सडक अवरोध हुन नदिन उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको छ– मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले चाडपर्वका बेला सडक अवरोध हुन नदिन जोखिमयुक्त सडक खण्डमा हेभी डोजर, लोडरलगायत उपकरण र प्राविधिक जनशक्ति तयारी अवस्थामा राखिएकाे बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लगातारको वर्षा र बाढीका कारण देशका विभिन्न राजमार्ग तथा मुख्य सडक अझै संवेदनशील र जोखिमपूर्ण अवस्थामा रहेकाले आवश्यक सतर्कता अपनाउन मन्त्रालयअन्तर्गतका सबै डिभिजन तथा आयोजना प्रमुखहरूलाई निर्देशन दिएको उनले बताएका हुन्।

Ncell
Extreme Energy

सामाजिक सञ्जालमार्फत मन्त्री लम्सालले सामान्य वर्षा वा सानो पहिरोले समेत मुख्य राजमार्ग अवरुद्ध हुन सक्ने अवस्थालाई ध्यानमा राखेर सर्वसाधारणको यात्रा सुरक्षित, सहज र निर्बाध बनाउन तयारी गरिएको जानकारी दिएका छन्।

उनका अनुसार सडक अवरुद्ध भएमा तत्काल खुलाउन र सम्बन्धित सरोकारवाला निकायसँग निरन्तर समन्वय गर्नसमेत निर्देशन दिइएको छ।

त्यस्तै, आकस्मिक अवस्थाको तत्काल व्यवस्थापनका लागि कार्यालय प्रमुख तथा सम्बन्धित प्राविधिक कर्मचारीलाई चाडपर्व अवधिभर सम्पर्कमा रहन र उच्च सतर्कताका साथ जिम्मेवारी निर्वाह गर्न भनिएको उनले उल्लेख गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ग्यालेक्सी टिभीमा सहकारीबाट गएका रकमका विषयमा रवि लामिछानेलाई जोड्न उचित छैनः जीबी राई

ग्यालेक्सी टिभीमा सहकारीबाट गएका रकमका विषयमा रवि लामिछानेलाई जोड्न उचित छैनः जीबी राई

जीबी राईले ग्यालेक्सी टिभीमा सहकारीबाट गएको सम्पूर्ण रकमको जिम्मेवारी आफूले लिने बताएका छन्। गोरखा मिडिया नेटवर्कको अध्यक्षको हैसियतले आर्थिक स्रोत व्यवस्थापनको जिम्मेवारी आफ्नो भएको उल्लेख गर्दै उनले यसमा...
सहकारीको रकम फिर्ता गर्न तयार छु, पक्राउ नै समाधान होइन : जीबी राई

सहकारीको रकम फिर्ता गर्न तयार छु, पक्राउ नै समाधान होइन : जीबी राई

गोरखा मिडिया नेटवर्कका अध्यक्ष तथा सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईले बचतकर्ताको रकम फिर्ता गर्न आफू तयार रहेको बताएका छन्।
कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ

कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्।
दशैँको मुखमा कारागारका कैदीबन्दीलाई रामहरि खतिवडाले दिए खसी

दशैँको मुखमा कारागारका कैदीबन्दीलाई रामहरि खतिवडाले दिए खसी

नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले हरेक वर्षझैँ यस वर्ष पनि बडादशैंको पावन अवसरमा ओखलढुंगा कारागारका कैदीबन्दीहरूका लागि खसी उपलब्ध गराएका छन् ।

भर्खरै