नेभिगेशन
समाज

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीको केन्द्रीय निर्वाचन समितिले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको शपथग्रहण समारोहपछि सम्बोधन गर्दै सभापति थापाले लोकतन्त्र, नागरिकको गरिमा र सामाजिक न्यायलाई कांग्रेसका प्रमुख आधार बनाउने बताए ।

Ncell
Extreme Energy

आगामी चार वर्ष पार्टीका आन्तरिक गतिविधिभन्दा नागरिकका मुद्दा र समस्यालाई प्राथमिकता दिएर अघि बढ्ने उनको भनाइ थियो । कांग्रेसलाई समकालीन नेपाली समाजका प्रश्नको जवाफ दिन सक्ने वैचारिक नेतृत्वका रूपमा स्थापित गर्ने, सङ्गठनलाई आधुनिक बनाउने र युवादेखि किसानसम्मलाई सामाजिक आन्दोलनमा जोड्ने योजना रहेको उनले बताए ।

“पार्टीभित्र सहमत र असहमत सबै पक्षलाई समेटेर अघि बढ्ने तथा नेतृत्वलाई पारदर्शी र जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु”, उनले भने ।

सभापति थापाले पार्टीको नेतृत्वलाई अधिकारभन्दा बढी जिम्मेवारीका रूपमा बुझ्नुपर्नेमा जोड दिए । आफूबाट गल्ती भए त्यसको भार पार्टीले बोक्न नहुने उल्लेख गर्दै उनले व्यक्तिका कमजोरीको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने स्पष्ट पारे ।

हालैको प्राकृतिक विपत्तिका कारण धेरै परिवार शोक र अभावमा रहेकाले यस वर्ष दसैँलाई तडकभडकपूर्ण रूपमा नमनाउने निर्णय कांग्रेसले गरेको उनले जानकारी दिए । विपत्तिबाट प्रभावित तथा आफन्त गुमाएका परिवारको पीडामा साथ दिँदै चाडपर्व मनाउन र सामाजिक सद्भाव कायम राख्न उनले पार्टीका नेता, कार्यकर्ता तथा आमनागरिकलाई आग्रह गरे ।

समारोहमा पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले छोटो समयमा तय गरिएको कार्यतालिकाअनुसार पनि निर्वाचन सम्पन्न गर्न सफल भएको बताए । नेपाली कांग्रेसको इतिहासमै १६५ वटै निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न गरेर केन्द्रीय महाधिवेशन गर्न सफल भएको उनले जानकारी दिए ।

संयोजक खड्काले नवनिर्वाचित सभापति थापालाई देशमा बढ्दै गएको राजनीतिक अनुशासनहीनतालाई सही दिशामा ल्याउन, सार्वभौम सत्ताको संरक्षण गर्न तथा नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकार र मानव अधिकारको रक्षाका लागि सक्षम नेतृत्व प्रदान गर्न आग्रह गरे ।

सभापति थापाले आगामी कार्यकालमा पार्टीको आन्तरिक व्यवस्थापनमा सुधार गर्दै नागरिकका समस्या, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यलाई केन्द्रमा राखेर कांग्रेसलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।
मतदाता नामावली अद्यावधिकः एक लाख ८७ हजार मतदाता थपिए

मतदाता नामावली अद्यावधिकः एक लाख ८७ हजार मतदाता थपिए

आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता कायम छन् । यो गत चैत...