नेभिगेशन
समाज

आज महाअष्टमी पर्व मनाइँदै, शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । नेपालीको महान् पर्व बडादसैँअन्तर्गत आज महाअष्टमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । आश्विन शुक्ल अष्टमीका दिन मनाइने महाअष्टमीमा दुर्गा भवानीको विशेष पूजा आराधना गर्ने परम्परा छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ । दुर्गा भवानीलाई शक्तिसम्पन्न बनाउने दिनका रूपमा महाअष्टमीको विशेष धार्मिक महत्व रहेको वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख छ ।

Ncell
Extreme Energy

महाअष्टमीका अवसरमा देशभरका दसैँघर, कोत तथा विभिन्न शक्तिपीठमा विधिपूर्वक पूजा आराधना र पशुबलि दिने गरिन्छ । यस दिन दुर्गा सप्तशती, श्रीमद्देवीभागवत तथा देवी स्तोत्र पाठ गर्ने परम्परा पनि छ ।

धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमका अनुसार शास्त्रमा सात्त्विक, राजस र तामस गरी तीन प्रकारका पूजाको वर्णन गरिएको छ । जल, चन्दन, अक्षतालगायत सामग्रीबाट षोडशोपचार विधिले गरिने पूजा सात्त्विक हो । पशुबलिसहितको पूजालाई राजस र मदिरासमेत चढाएर गरिने पूजालाई तामस पूजा भनिएको उनले बताए ।

शास्त्रीय मान्यताअनुसार पशुबलि दिने परम्परा देवीलाई शक्तिसम्पन्न बनाउने र बलि दिइने पशुको मुक्तिसँग पनि जोडिएको गौतमको भनाइ छ । दुर्गा सप्तशतीको आठौँ अध्यायमा समेत यससम्बन्धी चर्चा भएकाले पशुबलिलाई अशास्त्रीय भन्न नमिल्ने उनले बताए । यद्यपि, ब्राह्मणका लागि पशुबलि वर्जित गरिएको धर्मशास्त्रीय विधान रहेको उनले जानकारी दिए ।

राज्य सञ्चालनका लागि आवश्यक प्रभुशक्ति, मन्त्रशक्ति र उत्साहशक्ति प्राप्त गर्न राज्य सञ्चालकले विधिपूर्वक पशुबलि दिनुपर्ने शास्त्रीय मान्यता रहेको पनि गौतमले बताए । यी तीन शक्ति दुर्गा भवानीबाट प्राप्त हुने धार्मिक विश्वासका कारण महाअष्टमीमा बलिसहित पूजा गर्ने परम्परा रहेको उनको भनाइ छ ।

महाअष्टमीकै राति कालरात्रिका रूपमा विशेष पूजा आराधना गरिन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको धार्मिक महत्व रहेको छ ।

महाअष्टमीका अवसरमा काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी र बगलामुखीलगायत शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो लाग्ने गर्छ ।

त्यसैगरी धादिङको कालिका भगवती, गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेल्धुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिञ्चोक भगवती तथा ताप्लेजुङको पाथीभरालगायत शक्तिपीठमा पनि भक्तजनको भीड लाग्ने गर्छ ।

आजको दिन कलपुर्जा, हातहतियार तथा यातायातका साधन सफा गरी देवी स्थापना गरिएको स्थानमा राखेर पूजा गर्ने परम्परा छ । यी साधनलाई देवीका शस्त्रास्त्रका रूपमा मानेर पूजा गरिन्छ । देवीका शस्त्रास्त्रसँगै चतुरङ्गिणी सेनाको आह्वान गरी पूजा गर्ने चलनसमेत छ ।

पशुबलि नदिने परिवारले आफ्नो कुलपरम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवललगायत सामग्री चढाएर प्रतीकात्मक बलि दिने गर्छन् ।

महाअष्टमीको राति हनुमानढोकास्थित दसैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिएर कालरात्रि पूजा गर्ने परम्परा छ । यस पूजालाई दसैँका प्रमुख धार्मिक अनुष्ठानमध्ये एक मानिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ।
सिन्धुलीमा सुमो सुनकोशीमा खस्यो, तीन जनाको मृत्यु, तीन बेपत्ता

सिन्धुलीमा सुमो सुनकोशीमा खस्यो, तीन जनाको मृत्यु, तीन बेपत्ता

काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको सुमो गाडी सिन्धुलीमा सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।
बाढीपहिरोले तीन स्थानमा सडक अवरुद्ध, बेनी–जोमसोम सडक एकतर्फी सञ्चालन

बाढीपहिरोले तीन स्थानमा सडक अवरुद्ध, बेनी–जोमसोम सडक एकतर्फी सञ्चालन

बाढीपहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका तीन स्थानमा सडक अवरुद्ध भएका छन्।
आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आइतबार हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने भएको छ ।