नेभिगेशन
समाज

बाढीपहिरोले तीन स्थानमा सडक अवरुद्ध, बेनी–जोमसोम सडक एकतर्फी सञ्चालन

काठमाडौं। बाढीपहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका तीन स्थानमा सडक अवरुद्ध भएका छन्। म्याग्दीको बेनी–जोमसोम सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा रहे पनि गोरखा र सुर्खेतका दुई स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विपद्का कारण अवरुद्ध मुख्य राजमार्गको शनिबार बिहान ६ः३० बजेसम्मको विवरणअनुसार म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड प्रभावित भएको छ। असोज १० गते बिहान ५ः५० बजेदेखि अवरुद्ध भएको उक्त सडकमा हाल एकतर्फी यातायात सञ्चालन भइरहेको छ।

Ncell
Extreme Energy

त्यस्तै, गोरखाको आरुघाट गाउँपालिकाका वडा नम्बर २ र ३ तथा वडा नम्बर ९ को नयाँपुल क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएको छ। असोज २५ गते बिहान ५ः३० बजेदेखि सोतिमा रहेको फलामे पुल तथा गोरखाको आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध रहेको विवरणमा उल्लेख छ।

कर्णाली प्रदेशको सुर्खेतमा पनि पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ। बराहताल गाउँपालिका–७ औलिसेमा कात्तिक १ गते बिहान ५ः४५ बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

सडक अवरुद्ध हुँदा सम्बन्धित क्षेत्रका यात्रु तथा सवारीसाधनको आवागमन प्रभावित भएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका विजेता आज घोषणा गरिँदैछ।
लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्।
अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ।
सिन्धुलीमा सुमो सुनकोशीमा खस्यो, तीन जनाको मृत्यु, तीन बेपत्ता

सिन्धुलीमा सुमो सुनकोशीमा खस्यो, तीन जनाको मृत्यु, तीन बेपत्ता

काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको सुमो गाडी सिन्धुलीमा सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।