नेभिगेशन
समाज

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका विजेता आज घोषणा गरिँदैछ। असोज १६ गतेदेखि मसान्तसम्मको अवधिका लागि छनोट हुने विजेताको घोषणा काठमाडौंको नयाँ सडकस्थित विशाल बजार परिसरबाट गरिने भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यक्रमअन्तर्गत यसपटक १६ जनाले जनही एक लाख ३४ हजार ३३४ रुपैयाँ (करकट्टीबाहेक एक लाख रुपैयाँ) नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, बम्पर पुरस्कारतर्फ एक जनाले करकट्टीबाहेक १० लाख रुपैयाँ अर्थात् हातमा साढे सात लाख रुपैयाँ प्राप्त गर्नेछन्।
यसरी दोस्रो पाक्षिकमा कुल १७ जना विजेता छनोट गरिनेछ।

Marvel
Extreme Energy

विजेता घोषणा लोकप्रिय कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागका उच्चपदस्थ अधिकारीहरूको समेत सहभागिता रहने जनाइएको छ।

करदाता प्रोत्साहन उपहार कार्यक्रममार्फत कर प्रणालीमा सहभागिता बढाउन तथा करदातालाई प्रोत्साहित गर्ने उद्देश्य राखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन गौरीघाट तयार, छठको रौनकले बागमती किनार झकिझकाउ

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन गौरीघाट तयार, छठको रौनकले बागमती किनार झकिझकाउ

छठ पर्व नजिकिएसँगै काठमाडौंको गौरीघाटस्थित बागमती नदी किनारमा चहलपहल बढेको छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर श्रद्धा र आस्थाको पर्व मनाउन व्रतालु तथा श्रद्धालुहरूको प्रतीक्षामा गौरीघाट सजिन...
पाँच वर्षभित्र पाँच लाख मेट्रिक टन ग्रीन युरिया उत्पादन गर्ने नेपालको लक्ष्य, लगानी आह्वान

पाँच वर्षभित्र पाँच लाख मेट्रिक टन ग्रीन युरिया उत्पादन गर्ने नेपालको लक्ष्य, लगानी आह्वान

नेपालले आफ्नै जलविद्युत् र स्वच्छ ऊर्जाको उपयोग गरी ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापना गर्ने योजना अघि सारेको छ।
भीमफेदी दुर्घटनाको कारण अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न कांग्रेसको माग

भीमफेदी दुर्घटनाको कारण अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाको कारण अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग माग गरेको छ।
राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

नियुक्त भएका डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन् ।

भर्खरै