नेभिगेशन
समाज

एमालेसँग सहकार्य गरी मधेस सरकारमा जाने निर्णय भएको छैन : उपेन्द्र यादव

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा (एमाले)सँग सहकार्य गरी मधेस सरकारमा सहभागी हुने विषयमा पार्टीले कुनै निर्णय नगरेको बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यादवले एमालेसँग सहकार्य गरेर सरकारमा सहभागी हुने नीतिसमेत पार्टीले नलिएको र कुनै समझदारी पनि नभएको स्पष्ट पारेका छन्।

Ncell
Extreme Energy

उनले बेग्लै प्रसङ्गमा खिचिएको तस्बिर राखेर फेसबुक तथा सामाजिक सञ्जालमार्फत गलत र भ्रामक प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन्।

‘जनता समाजवादी पार्टी, नेपाल वर्तमान अवस्थामा नेकपा (एमाले)सँग सहकार्य गरी सरकारमा सहभागी हुने सम्बन्धमा न त कुनै निर्णय नै गरेको छ, न त कुनै नीति नै लिएको छ, न कसैसँग कुनै समझदारी नै गरेको छ,’ यादवले भनेका छन्, ‘तत्काल यो सम्भव पनि नरहेको अवस्था छ।’

उनले कुनै सत्यता नभएका कपोलकल्पित, भ्रामक, पूर्वाग्रहपूर्ण र झुटा प्रचारमा विश्वास नगर्न आग्रह गरेका छन्।

यादवका अनुसार जसपा नेपालले हालसम्म सरकार गठनका लागि कुनै दाबी गरेको छैन। त्यस्तै, कुनै दलसँग समर्थन पनि नमागेको र कुनै पार्टीलाई समर्थन दिने वा नदिने विषयमा सम्झौता पनि नगरेको उनले स्पष्ट पारेका छन्।

बेग्लै प्रसङ्गमा खिचिएको तस्बिरको दुरुपयोग गरी सामाजिक सञ्जालमा भ्रम फैलाइएको देख्दा आफूलाई आश्चर्य र दुःख लागेको पनि यादवले बताएका छन्।
नेकपा एमाले मधेस प्रदेशमा नयाँ गठबन्धन बनाउन लागेको छ। त्यसैका लागि एमालेका मन्त्रीहरूले राजीनामा दिएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ।
पाटनमा ३६२ वर्ष पुरानो अष्टमातृका नाच, १३ देवगणको तान्त्रिक नृत्य

पाटनमा ३६२ वर्ष पुरानो अष्टमातृका नाच, १३ देवगणको तान्त्रिक नृत्य

पाटन दरबार क्षेत्रस्थित मूलचोकमा ऐतिहासिक अष्टमातृका नाच (गँः प्याखँ) प्रस्तुत गरिएको छ। नेवार सभ्यता, शक्तिको उपासना र तान्त्रिक परम्परासँग जोडिएको यो नाचमा १३ देवगणले आ–आफ्नो विशिष्ट मुद्रा, भेषभूषा...
फ्रान्समा महँगी र कमजोर सार्वजनिक सेवाविरुद्ध उग्र प्रदर्शन, सहरका भवनमा आगजनी र लुटपाट

फ्रान्समा महँगी र कमजोर सार्वजनिक सेवाविरुद्ध उग्र प्रदर्शन, सहरका भवनमा आगजनी र लुटपाट

फ्रान्समा बढ्दो महँगी, इन्धनको मूल्य, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएको समस्याविरुद्ध भएको प्रदर्शन शनिबार, अक्टोबर १७ मा देशव्यापी रूपमा फैलिएको छ।
कोलकाताको दुर्गा पूजामा भागदौड: १९ जनाको मृत्यु, २४ घाइते

कोलकाताको दुर्गा पूजामा भागदौड: १९ जनाको मृत्यु, २४ घाइते

भारतको कोलकातास्थित प्रसिद्ध चोरबागान दुर्गा पूजा पण्डालमा शनिबार साँझ भीषण भागदौड मच्चिँदा १९ जनाको ज्यान गएको छ। यो दुर्घटनामा २४ जना घाइते भएका छन्, जसमा एक जनाको अवस्था...