नेभिगेशन
समाज

पाटनमा ३६२ वर्ष पुरानो अष्टमातृका नाच, १३ देवगणको तान्त्रिक नृत्य

ललितपुर । पाटन दरबार क्षेत्रस्थित मूलचोकमा ऐतिहासिक अष्टमातृका नाच (गँः प्याखँ) प्रस्तुत गरिएको छ। नेवार सभ्यता, शक्तिको उपासना र तान्त्रिक परम्परासँग जोडिएको यो नाचमा १३ देवगणले आ–आफ्नो विशिष्ट मुद्रा, भेषभूषा र भावभङ्गीमार्फत देवीदेवताको स्वरूप प्रस्तुत गर्छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मल्लकालीन राजा श्रीनिवास मल्लको शासनकालमा सुरु भएको मानिने यो नाच करिब ३६२ वर्ष पुरानो छ। यस वर्ष असोज २५ गते घटस्थापनाका दिन सुरु भएको नाच दसैँका विभिन्न दिनमा पाटनका परम्परागत स्थलमा प्रस्तुत गरिँदै आएको छ। अष्टमातृका नाच प्रबन्ध समितिका अध्यक्ष राजेन्द्र शाक्यका अनुसार नाच धार्मिक विधि र परम्परागत मान्यताअनुसार सञ्चालन गरिन्छ। 

Ncell
Extreme Energy

अष्टमातृका नाचमा आठ मातृका देवीसँगै अन्य पाँच देवगणको पनि प्रतिनिधित्व गरिन्छ। यसमा सिंघ्रिणी, भैरव, गणेश, कुमार, ब्रह्मायणी, महेश्वरी, कौमारी, वैष्णवी, बाराही, इन्द्रायणी, चामुण्डा, महालक्ष्मी र व्याघ्रिणीका रूपमा १३ कलाकार सहभागी हुन्छन्। 

नाचमा सहभागी देवगणले देवीदेवताका मुकुन्डो, परम्परागत पोसाक र विशेष गरगहना लगाउँछन्। प्रत्येक पात्रको पहिचान फरक रङ, शारीरिक हाउभाउ तथा तान्त्रिक मुद्राबाट गरिन्छ। नेवार समुदायका शाक्य र बज्राचार्य वंशका कलाकार यस परम्परामा सहभागी हुँदै आएका छन्। 

राजा श्रीनिवास मल्लको सपनासँग जोडिएको इतिहास

स्थानीय किंवदन्तीअनुसार राजा श्रीनिवास मल्लले आफ्नो दरबारको मूलचोकमा मातृकाहरू नाचिरहेको सपना देखेका थिए। त्यसलाई शुभ सङ्केतका रूपमा व्याख्या गर्दै उनले देवीदेवताको नृत्यलाई नियमित रूपमा प्रस्तुत गर्ने परम्परा सुरु गराएको विश्वास गरिन्छ।

पाटन संग्रहालयका अनुसार मूलचोक राजा श्रीनिवास मल्लकै पालामा सन् १६६६ मा निर्माण गरिएको थियो। दरबारको यो ऐतिहासिक आँगन धार्मिक अनुष्ठानको महत्वपूर्ण स्थलका रूपमा रहेको छ। 

११ दिनसम्म विभिन्न स्थलमा प्रदर्शन

अष्टमातृका नाच घटस्थापनादेखि सुरु भएर ११ दिनसम्म सञ्चालन हुने परम्परा छ। नाच पाटन दरबार क्षेत्रको मूलचोकसँगै कात्तिक डबली र नकबहिलका परम्परागत स्थलमा प्रस्तुत गरिन्छ। नाचको सञ्चालन र निरन्तरतामा स्थानीय गुठी तथा समुदायको महत्वपूर्ण भूमिका रहँदै आएको छ। 

धार्मिक विश्वासअनुसार यो नाचले देशमा शान्ति, सुरक्षा र समृद्धि कायम गर्न तथा मानव जीवनका आठ प्रकारका भयबाट मुक्ति दिलाउन सहयोग गर्छ। त्यसैले यो केवल मनोरञ्जनका लागि प्रस्तुत गरिने नृत्य नभई पाटनको धार्मिक आस्था, तान्त्रिक साधना र सामुदायिक पहिचानसँग जोडिएको जीवित सांस्कृतिक सम्पदा हो। 

तस्बिर : घनश्याम श्रेष्ठ/रासस

GS_LalitpurDSC01307-1792302948.jpg

DSC013011-1792302946.jpeg

GS_LalitpurDSC01304-1792302946.jpg

GS_LalitpurDSC01306-1792302941.jpg

GS_LalitpurvDSC01318-1792302940.jpg

GS_LalitpurDSC01302-1792302937.jpg

DSC01315-1792302936.jpeg

GS-LalitpurDSC01322-1792302933.jpg

DSC01318-1792302933.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपिएल तेस्रो संस्करण :  आन्द्रे रसेलले विराटनगर किंग्सबाट खेल्ने

एनपिएल तेस्रो संस्करण :  आन्द्रे रसेलले विराटनगर किंग्सबाट खेल्ने

वेस्टइन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा विराटनगर किंग्स बाट खेल्ने भएका छन्।
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ।
एमालेसँग सहकार्य गरी मधेस सरकारमा जाने निर्णय भएको छैन : उपेन्द्र यादव

एमालेसँग सहकार्य गरी मधेस सरकारमा जाने निर्णय भएको छैन : उपेन्द्र यादव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा (एमाले)सँग सहकार्य गरी मधेस सरकारमा सहभागी हुने विषयमा पार्टीले कुनै निर्णय नगरेको बताएका छन्।