नेभिगेशन
समाज

कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

देश शोकमा रहेका कारण यस वर्ष चियापान कार्यक्रम आयोजना नगरिने कांग्रेसले जनाएको छ।

Ncell
Extreme Energy

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै भोटेकोसीमा आएको बाढीबाट १ हजार ४०० भन्दा बढीको मृत्यु भएको र ५ हजारभन्दा बढी बेपत्ता रहेको अवस्थामा बूढीगण्डकीमा आएको बाढीले समेत थप जनधनको क्षति पुर्‍याएको उल्लेख गरेका छन्।

‘यस्तो दुःखद घडीमा कोजाग्रत पूर्णिमाको चियापान कार्यक्रम यसपालि आयोजना नगरिने व्यहोरा अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

कांग्रेसले चाडपर्व मनाउँदा भड्किलो शैली अपनाउनुभन्दा शान्त र संयमित रूपमा परिवारमा सीमित रहेर मनाउन पनि आग्रह गरेको छ। सभापति गगनकुमार थापाले शोकको यस घडीमा चाडपर्व मनाउँदा संयम अपनाउन आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ।

कांग्रेसका संस्थापक नेता बीपी कोइराला २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३४ सालको कोजाग्रत पूर्णिमामा शुभकामना आदानप्रदान र आपसी सौहार्दता अभिवृद्धि गर्ने उद्देश्यले चियापान समारोह आयोजना गरेका थिए।

त्यसयता केही वर्ष विशेष कारणले कार्यक्रम हुन नसकेको बाहेक कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा चियापान समारोह आयोजना गर्दै आएको छ।

यस वर्ष भने बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै कांग्रेसले उक्त परम्परागत कार्यक्रम स्थगित गरेको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चाडपर्वमा पनि बाढी प्रभावितको साथमा रेडक्रस

चाडपर्वमा पनि बाढी प्रभावितको साथमा रेडक्रस

बूढीगण्डकीमा आएको बाढीले सम्पर्कविच्छेद भएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका प्रभावित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले हेलिकप्टरमार्फत राहत सामग्री पुर्‍याएको छ।
एनपिएल तेस्रो संस्करण :  आन्द्रे रसेलले विराटनगर किंग्सबाट खेल्ने

एनपिएल तेस्रो संस्करण :  आन्द्रे रसेलले विराटनगर किंग्सबाट खेल्ने

वेस्टइन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा विराटनगर किंग्स बाट खेल्ने भएका छन्।
पाटनमा ३६२ वर्ष पुरानो अष्टमातृका नाच, १३ देवगणको तान्त्रिक नृत्य

पाटनमा ३६२ वर्ष पुरानो अष्टमातृका नाच, १३ देवगणको तान्त्रिक नृत्य

पाटन दरबार क्षेत्रस्थित मूलचोकमा ऐतिहासिक अष्टमातृका नाच (गँः प्याखँ) प्रस्तुत गरिएको छ। नेवार सभ्यता, शक्तिको उपासना र तान्त्रिक परम्परासँग जोडिएको यो नाचमा १३ देवगणले आ–आफ्नो विशिष्ट मुद्रा, भेषभूषा...