नेभिगेशन
समाज

महाअष्टमीमा शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौंसहित देशभरका देवी मन्दिरमा बिहानैदेखि पूजाआराधना गर्नेको भीड

काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौं उपत्यकासहित देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा भक्तजनको घुइँचो लागेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाअष्टमीमा देवी दुर्गाका विभिन्न स्वरूपको पूजाआराधना गर्ने परम्पराअनुसार बिहानैदेखि मन्दिरमा दर्शनार्थी पुगेका हुन्। काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, तलेजु भवानी र टोखाको चण्डेश्वरीमा भक्तजनको भीड लागेको छ।

Ncell
Extreme Energy

त्यस्तै, काठमाडौंको दक्षिणकाली, गोरखाको मनकामना, ताप्लेजुङको पाथीभरा, ललितपुरको बगलामुखी, पोखराको विन्ध्यवासिनी, काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती, जुम्लाको चन्दननाथ, डोटीको शैलेश्वरी, डडेलधुराको उग्रतारा भगवती र बैतडीको त्रिपुरासुन्दरी मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थी पुगेका छन्।

नेपालगञ्जको वागीश्वरी, सप्तरीको छिन्नमस्ता भगवती र राजदेवी, धनकुटाको जाल्पादेवी, धरानको दन्तकाली तथा बाराको गढीमाईमा समेत पूजाआराधना गर्ने भक्तजनको भीड लागेको स्थानीय समाचारदाताहरूले जनाएका छन्। महाअष्टमीका अवसरमा शक्तिपीठहरूलाई ध्वजापताकाले सजाइएको छ।

शारदीय नवरात्रको आठौँ दिन मनाइने महाअष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ। धार्मिक मान्यताअनुसार यस दिन शक्तिपीठमा दर्शन तथा पूजाआराधना गर्दा मनोकामना पूरा हुने विश्वास छ। नवरात्रका नौ दिन देवीको विशेष साधना र उपासना गर्ने परम्परासमेत छ।

LD_KTMIMG_4103-1792309088.jpg

HRB_KTM1000187275-1792309087.jpg

KRG_GalkotIMG_7690-1792309087.jpg

KDN-Dang1000271992-1792309086.jpg

PRO_KTM_RSS_01_7R9A8868-1792309089.jpg

PRO_KTM_RSS_1_7R9A8827-1792309089.jpg

PRO_KTM_RSS_1_7R9A8836-1792309089.jpg

LD_KTMIMG_4072-1792309088.jpg

KRG_GalkotIMG_7690-1792309087.jpg

KDN-Dang1000271992-1792309086.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आरुघाट पुलमा बेलिब्रिज जडान अन्तिम चरणमा, भोलिसम्म यातायात खुलाउने तयारी

आरुघाट पुलमा बेलिब्रिज जडान अन्तिम चरणमा, भोलिसम्म यातायात खुलाउने तयारी

गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पक्की पुलको क्षतिग्रस्त खण्डमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ। भोलिसम्म यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको पूर्वाधार विकासमन्त्री सुनील लम्सालले बताएका छन्।
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

कुनै समय दसैँ नजिकिएसँगै लमजुङका गाउँबस्ती रातो माटो र कमेरोले रङ्गिन्थे। घरका भित्ता पोत्ने, ढोका–झ्याल रङ्गाउने र बाटोघाटो सफा गर्ने चटारो हुन्थ्यो।
सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

दशैंको सार्वजनिक बिदाका कारण यस वर्ष बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सरेको छ।
एक लाख ३३ हजार ३३४ रुपैयाँ पाउने यी हुन् १६ भाग्यशाली नम्बर

एक लाख ३३ हजार ३३४ रुपैयाँ पाउने यी हुन् १६ भाग्यशाली नम्बर

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १६ देखि ३१ गतेसम्मको १० लाख रुपैयाँको बम्पर उपहारसहित १६ जना पाक्षिक विजेता घोषणा गरिएको छ।