नेभिगेशन
समाज

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा आधिकारिक साझेदारका रूपमा सहकार्य गर्ने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यससम्बन्धी सम्झौतापत्रमा शनिबार नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान) का महाप्रबन्धक उत्सव ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

Ncell
Extreme Energy

सम्झौतापछि नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा कम्पनीले यसअघि पनि सहयोग गर्दै आएको स्मरण गरे । उनले एनपिएलसँगको सहकार्यले देशमा क्रिकेटको संस्थागत विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

तेस्रो संस्करणको एनपिएल आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुँदैछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारतीय स्कारपियोको ठक्करबाट बारामा १७ वर्षीय मोटरसाइकल चालकको मृत्यु, दुई घाइते

भारतीय स्कारपियोको ठक्करबाट बारामा १७ वर्षीय मोटरसाइकल चालकको मृत्यु, दुई घाइते

बाराको महागढीमाई नगरपालिका–१ स्थित हुलाकी राजमार्गमा भारतीय नम्बर प्लेटको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा १७ वर्षीय चालकको मृत्यु भएको छ ।
दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख नजिक पुगेको छ ।
पाँच वर्षपछि मासिक राजस्व असुली लक्ष्यभन्दा बढी, पूर्वअर्थमन्त्री खनालले व्यक्त गरे खुसी

पाँच वर्षपछि मासिक राजस्व असुली लक्ष्यभन्दा बढी, पूर्वअर्थमन्त्री खनालले व्यक्त गरे खुसी

पूर्वअर्थमन्त्री रामेश्वर खनालले संघीय सरकारको एक महिनाको राजस्व असुली लक्ष्यभन्दा बढी भएको भन्दै खुसी व्यक्त गरेका छन्।
दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

दसैँका सामान भित्र्याउन चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आएको छ ।