नेभिगेशन
समाज

दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

खोटाङ । खोटाङमा क्रियाशील युवाको एक समूहले कमजोर आर्थिक अवस्था वा यातायातको अभावका कारण दसैँ–तिहारमा माइतीघर जान नपाएका चेलीलाई लक्षित गरी निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘दसैँ–तिहार, चेलीलाई उपहार अभियान–२०८३’ नाम दिइएको उक्त अभियानअन्तर्गत चेलीलाई माइतीघर पुर्‍याउने र पर्व मनाएर फर्किँदा पुनः कर्मघर पुर्‍याउने व्यवस्था मिलाउन लागिएको हो। समूहले तीन वर्षदेखि यो अभियान सञ्चालन गर्दै आएको छ।

Ncell
Extreme Energy

अभियानका संयोजक सञ्जयकुमार राईका अनुसार दसैँका अवसरमा कात्तिक ३ देखि ६ गतेसम्म र तिहारका अवसरमा कात्तिक २४ देखि २६ गतेसम्म दुई चरणमा निःशुल्क यातायात सेवा सञ्चालन गरिनेछ।

“यातायात सेवा नपाएका तथा खर्च अभावका कारण माइतीघर जान नपाएर समस्यामा परेका चेलीलाई गन्तव्यसम्म पुर्‍याउने योजनासहित दुई चरणमा अभियान सञ्चालन गर्ने तयारी गरिएको छ,” राईले भने।

अभियानमा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई विशेष प्राथमिकता दिइने उनले बताए। आवश्यकताअनुसार पुरुषलाई पनि सेवा उपलब्ध गराइनेछ।

अभियानमा सहभागी हुन ३५ जना युवाले नाम दर्ता गराइसकेका छन्। स्वयम्सेवा गर्न इच्छुक युवा थपिने क्रम जारी रहेको राईले बताए।

उनका अनुसार मध्यपहाडी लोकमार्ग, सगरमाथा राष्ट्रिय राजमार्गका विभिन्न सडकखण्ड तथा जिल्लाका ग्रामीण सडकमा ३५ किलोमिटरसम्म निःशुल्क यातायात सेवा उपलब्ध गराउने योजना छ। सेवा लिन चाहनेहरूले पनि आफ्नो विवरण टिपाउन थालेका छन्। सुरुमा विवरण टिपाएकालाई प्राथमिकतामा राखेर सेवा दिइनेछ।

निःशुल्क यातायात सेवा लिन चाहनेले बढीमा पाँच किलोग्राम तौलसम्मका झोला मात्रै साथमा राख्न पाउनेछन्। जिल्लाका अधिकांश सडक कच्ची अवस्थामा रहेकाले दुर्घटनाको जोखिमलाई ध्यानमा राखेर सामानको तौल निर्धारण गरिएको संयोजक राईले बताए।

समूहले यसअघि सन् २०८१ मा ३४५ जना र २०८२ मा ७०० जनालाई निःशुल्क यातायात सेवा दिएको थियो। शुभेच्छुकको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन हुँदै आएको अभियानमा एकपटक करिब चार लाख रुपैयाँ खर्च हुने गरेको जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ।
देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ।
बेपत्ता बालबालिकाको खोजीमा एआई

बेपत्ता बालबालिकाको खोजीमा एआई

मेक्सिकोमा एक लाख ३४ हजारभन्दा बढी बेपत्ता व्यक्तिको खोजीमा सघाउन कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग थालिएको छ।