नेभिगेशन
समाज

दसैँमा सहरभन्दा गाउँमै रमाइलो

कर्णाली। बडादसैँ नजिकिँदै गर्दा देशविदेशबाट घर फर्कनेहरूको घुइँचो छ। हवाई तथा स्थलमार्ग हुँदै गन्तव्यमा पुग्न यात्रुहरूलाई भ्याइनभ्याइ छ। टिकट पाउनै सकस छ भने पैसा खर्चेर पनि सहज यात्रा गर्न पाउने अवस्था छैन। यात्रा कष्टकर र महँगो भए पनि परिवार, आफन्त र इष्टमित्रसँग भेट्ने आशाले उनीहरू दुःख सहँदै घर फर्किरहेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कर्णाली प्रदेशका हिमाली जिल्लाका दुर्गम गाउँ पुग्नेहरूको यात्रा अझ जटिल र पट्यारलाग्दो हुने गर्छ। तर घर पुगेर दसैँ मनाउने व्यग्र चाहनाले यात्राका कठिनाइ बिर्साइदिएको छ। अमेरिका र युरोपभन्दा कामका लागि खाडी मुलुक तथा कालापहाड (भारत) पुगेका नेपालीहरू पनि परिवारसँगको मिलनको आशामा खर्चिलो र कष्टकर यात्रा गर्दै गाउँ फर्किरहेका छन्।

Ncell
Extreme Energy

वर्षौँसम्म भेट्न नपाएका परिवारका सदस्य, भेट्न अनेक सपना बुनेका आफन्त र साथीभाइसँगको पुनर्मिलनले दसैँ–तिहारलाई सामाजिक एकता, आपसी सद्भाव र प्रेम अभिव्यक्त गर्ने अवसर बनाइदिन्छ। त्यसैले सहर छाडेर गाउँ फर्कनेहरूमा खुसी र उत्साह देखिन्छ।

भारतको बैंग्लोरबाट घर फर्किएका जुम्लाको तिला गाउँपालिका–४ का नमराज शाहीलाई सहरको कोलाहलबाट गाउँ फर्किँदा शान्त ठाउँमा पुगेजस्तो लागेको छ। दसैँ मनाउन गाउँ पुगिसकेका उनले सहरभन्दा गाउँमा रमाइलो सुरु भएको बताए।

“गाउँमा घरहरू छुट्टाछुट्टै छन्, तर सोच, मन र मानवीय भावना निकै नजिक छन्। विडम्बना, सहरमा घरहरू जोडिएका भए पनि मानवीय भावना र आपसी सद्भावको खडेरी छ। मानव सम्बन्धमा दरार देखिन्छ,” उनले भने।

शाहीका अनुसार गाउँमा यतिबेला सिमी, मकै, कोदो, चिनो, कागुनो, मार्से, गहत र मासलगायतका अन्नबाली भित्र्याउने चटारो छ। भर्खरै भित्र्याएका अन्नबाली न्वागीका रूपमा खाने, आफूसँग भएका उत्पादन छिमेकीसँग साटासाट गर्ने, पिङ खेल्ने र दुःखसुख बाँड्दै रमाइलो गर्ने क्रम चलिरहेको छ।

यात्राका हिसाबले कर्णाली राजमार्ग हुँदै दैलेख, कालीकोट, बाजुरा, हुम्ला, जुम्ला, मुगु र सुर्खेत पुग्ने तथा भेरी करिडोर हुँदै सल्यान, रुकुमपश्चिम, जाजरकोट र डोल्पा जाने यात्रुले निकै कष्ट बेहोर्नुपर्छ। तैपनि काम र रोजगारीका सिलसिलामा घर छाडेर देश तथा विदेशका विभिन्न ठाउँ पुगेकाहरू बडादसैँ मनाउन गाउँ फर्कने क्रम जारी छ।

सुर्खेत–दैलेख–कालीकोट हुँदै कर्णाली करिडोरबाट बाजुरा भएर हुम्लाको अदानचुली गाउँपालिका पुगेका मनरुप परियार दुई दिन लगाएर घर आइपुगे। यात्राका क्रममा गाडी चढ्नुका साथै पैदलसमेत हिँड्नुपरेको उनले बताए।

“दुई दिनको यात्रामा गाडी चढ्नुका साथै पैदल हिँड्न पनि पर्‍यो। आज बिहान मात्र घर पुगियो। सहर छोडेर घर पुग्दा बेग्लै आनन्दको अनुभूति भएको छ। मातृभूमिको स्पर्शले कष्टकर यात्राको थकानमा मलम लगाएको छ,” उनले भने।

दसैँ तथा दीपावली मनाउन नागरिकहरू गाउँ फर्किएसँगै सहरमा मानिसहरूको ओहोरदोहोर र चहलपहल घट्न थालेको छ। सहरको आधाजसो जनसंख्या गाउँ फर्किएपछि रमझम पनि कम भएको छ। विमानस्थल र बसपार्कमा गाउँ जाने यात्रुको भीड देखिन्छ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–३ बाट जुम्ला जाँदै गरेकी बिन्दुकुमारी सिंहलाई पनि यात्राको दुःखभन्दा मातृभूमि पुग्ने रहर ठूलो लागेको छ। रोजगारी र अवसरका लागि घर छाडेर सहर पस्नु बाध्यता भएको बताउँदै उनले गाउँमा सामाजिक सद्भाव र सहयोगको भावना बढी रहेको अनुभव सुनाइन्।

“रोजगारी र अवसरका हिसाबले घर छोडेर देश तथा विदेशका सहर पस्नु हाम्रो रहर होइन, बाध्यता हो। सामाजिक अपराध, चिच्याहट, अमानवीयता र सहयोग आदानप्रदानका दृष्टिले सहरभन्दा गाउँ नै सम्पन्न छन्। सहरको धुमिल वातावरण हेर्दा झुपडीमै शान्ति मिलेको अनुभूति हुन्छ,” उनले भनिन्।

सिंहका अनुसार यतिबेला सहरभन्दा गाउँमा आशा, एकता, सद्भाव, मिलन र बडादसैँको बहारले वातावरण उत्साहपूर्ण र रंगीन बनेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

आज यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

सोमबार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
महिला यू–१९ क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षण भैरहवामा

महिला यू–१९ क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षण भैरहवामा

आगामी आईसीसी महिला यू–१९ विश्वकप क्रिकेट तथा एसिया कपको तयारीका लागि भैरहवामा सञ्चालन गरिएको नेपाली महिला यू–१९ राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षण आइतबार सम्पन्न भएको छ।
दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

खोटाङमा क्रियाशील युवाको एक समूहले कमजोर आर्थिक अवस्था वा यातायातको अभावका कारण दसैँ–तिहारमा माइतीघर जान नपाएका चेलीलाई लक्षित गरी निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएको छ।
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।