नेभिगेशन
समाज

महिला यू–१९ क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही। आगामी आईसीसी महिला यू–१९ विश्वकप क्रिकेट तथा एसिया कपको तयारीका लागि भैरहवामा सञ्चालन गरिएको नेपाली महिला यू–१९ राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षण आइतबार सम्पन्न भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा असोज २० गतेदेखि १३ दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा नेपालका सातै प्रदेशबाट छनोट भएका २८ महिला क्रिकेट खेलाडी सहभागी थिए।

Ncell
Extreme Energy

पूर्वराष्ट्रिय क्रिकेट खेलाडी तथा यू–१९ टोलीका प्रशिक्षक महेश रिजालले खेलाडीलाई प्रशिक्षण दिएका थिए। उनी आईसीसी महिला यू–१९ क्रिकेटसँग सम्बन्धित प्रशिक्षकका रूपमा समेत आबद्ध छन्।

नेपाल र बङ्गलादेशमा संयुक्त रूपमा सन् २०२७ को जनवरी–फेब्रुअरीमा आयोजना हुने आईसीसी महिला यू–१९ विश्वकपलाई लक्षित गरी खेलाडीको क्षमता अभिवृद्धि र प्रतियोगिताको तयारीका लागि बन्द प्रशिक्षण सञ्चालन गरिएको रुपन्देही क्रिकेट सङ्घका पूर्वअध्यक्ष प्रशान्त मल्लले जानकारी दिए।

बन्द प्रशिक्षणले खेलाडीलाई आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आवश्यक तयारी गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

आज यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

सोमबार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
दसैँमा सहरभन्दा गाउँमै रमाइलो

दसैँमा सहरभन्दा गाउँमै रमाइलो

बडादसैँ नजिकिँदै गर्दा देशविदेशबाट घर फर्कनेहरूको घुइँचो छ।
दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

खोटाङमा क्रियाशील युवाको एक समूहले कमजोर आर्थिक अवस्था वा यातायातको अभावका कारण दसैँ–तिहारमा माइतीघर जान नपाएका चेलीलाई लक्षित गरी निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएको छ।
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।