नेभिगेशन
समाज

मौसमविद् भन्छन्- ८–१० दिनपछि नेपालमा मौसम बदलीको सम्भावना छ

काठमाडौं। अरब सागर र बंगालको खाडीमा सम्भावित नयाँ मौसमी प्रणाली विकास भएर नेपालमा प्रभाव पार्न सक्ने प्रारम्भिक संकेत देखिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मौसमसम्बन्धी निगरानी गरिरहेका विनोद पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी ८–१० दिनपछि दुईवटा सम्भावित चक्रवाती प्रणाली विकसित भई भारत हुँदै नेपालतर्फ अघि बढ्न सक्ने मोडेल संकेत देखिएको बताएका छन्। उनका अनुसार हाल विभिन्न मौसम पूर्वानुमान मोडेलले विशेषगरी बंगालको खाडीमा विकसित हुन सक्ने न्यूनचापीय प्रणाली नेपालतर्फ आउने सम्भावना देखाएका छन्।

Ncell
Extreme Energy

यद्यपि, यी प्रणालीको विकास, मार्ग र नेपालमा पर्ने प्रभावबारे अहिले नै निश्चित निष्कर्ष निकाल्न नसकिने उनले उल्लेख गरेका छन्। मौसम पूर्वानुमानका आगामी विवरणका आधारमा यसको सम्भावित प्रभाव थप स्पष्ट हुँदै जाने उनको भनाइ छ।

उनले हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई मौसमको नियमित जानकारी लिन र किसानलाई धान पाकिसकेको तथा स्थानीय मौसम अनुकूल रहेको अवस्थामा अर्को साताको बुधबार–बिहीबारअघि नै बाली भित्र्याउन सकिनेबारे योजना बनाउन सुझाव दिएका छन्।

सम्भावित मौसमी जोखिमबारे समयमै जानकारी गराई पूर्वतयारीमा सहयोग पुर्‍याउने उद्देश्यले सूचना साझा गरेको पोखरेलले बताएका छन्। यो प्रारम्भिक निगरानी भएकाले थप विवरण र अद्यावधिक जानकारीको प्रतीक्षा गर्नुपर्ने उनले बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यात्राप्रेमलाई उद्यममा बदलेकी सिर्जनालाई मन्त्री साेबिताको यस्तो बधाई

यात्राप्रेमलाई उद्यममा बदलेकी सिर्जनालाई मन्त्री साेबिताको यस्तो बधाई

यात्राप्रतिको रुचिलाई उद्यममा बदल्दै सिर्जना सिज्जुले बागलुङको ढोरपाटनमा प्रकृतिमैत्री रिसोर्ट ‘सिज्जइको क्याम्प’ सञ्चालनमा ल्याएकी छन्।
बाढीपहिरोबाट यी सडक छन् अवरुद्ध र एकतर्फी

बाढीपहिरोबाट यी सडक छन् अवरुद्ध र एकतर्फी

विपद्का कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य सडकखण्ड प्रभावित भएका छन्।
आरुबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु, चालक गम्भीर घाइते

आरुबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु, चालक गम्भीर घाइते

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९, आरुबारीस्थित राम मन्दिरनजिक मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।
चितवन निकुञ्जमा चाडपर्व लक्षित सुरक्षा योजना, तालिमप्राप्त कुकुरबाट पनि निगरानी

चितवन निकुञ्जमा चाडपर्व लक्षित सुरक्षा योजना, तालिमप्राप्त कुकुरबाट पनि निगरानी

चितवन राष्ट्रिय निकुञ्जले चाडपर्वका बेला हुन सक्ने चोरी–सिकारी नियन्त्रण गर्न सुरक्षा रणनीति तयार पारेको छ।