नेभिगेशन
समाज

चितवन निकुञ्जमा चाडपर्व लक्षित सुरक्षा योजना, तालिमप्राप्त कुकुरबाट पनि निगरानी

चितवन। चितवन राष्ट्रिय निकुञ्जले चाडपर्वका बेला हुन सक्ने चोरी–सिकारी नियन्त्रण गर्न सुरक्षा रणनीति तयार पारेको छ। रणनीतिअनुसार निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाका गरी एक हजार २०० भन्दा बढी जनशक्ति परिचालन गरिनेछ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार चाडपर्वका बेला अपरिचित व्यक्तिको चहलपहल बढ्ने र चोरी–सिकारीको जोखिम हुन सक्ने भएकाले उच्च सतर्कतासहित सुरक्षा व्यवस्था मिलाइएको हो।

Ncell
Extreme Energy

“अहिले संवेदनशील क्षेत्रमा ३५ वटा स्पाई क्यामेरा जडान गरेर निगरानी भइरहेको छ,” उनले भने।

चोरी–सिकारीको जोखिम बढी भएका क्षेत्रमा स्पाई क्यामेराबाट निगरानी गर्नुका साथै क्याम्पिङ र एम्बुसिङलगायतका गतिविधि सञ्चालन गरिने उनले जानकारी दिए।

निकुञ्जमा नियमित गस्तीका अतिरिक्त स्वीपिङ, पेट्रोलिङ, साइकल तथा मोटरसाइकल गस्ती र डुङ्गा, गाडी तथा हात्तीबाट गस्ती गरिनेछ। चाडपर्वका बेला निकुञ्ज आसपासका स्थानीय बासिन्दा पर्व मनाउन व्यस्त हुने भएकाले चोरी–सिकारीको जोखिम बढ्न सक्ने आकलनसहित सुरक्षा व्यवस्था कडा पारिएको हो। संवेदनशील क्षेत्रमा लिङ्क पेट्रोलिङसमेत भइरहेको छ।

चुरे क्षेत्रमा पनि चोरी–सिकारी हुन सक्ने जोखिमलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था मिलाइएको सूचना अधिकारी थापामगरले बताए।

निकुञ्ज क्षेत्रमा रहेका ५७ स्थायी र तीन अस्थायी पोष्टबाट सुरक्षा दिइँदै आएको छ। सुरक्षालाई थप प्रभावकारी बनाउन स्थानीय समुदायसँगको सहकार्यमा निगरानी बढाइनेछ। शंकास्पद स्थानमा तालिमप्राप्त कुकुर (स्निफर डग) परिचालन गरी निगरानी गरिनेछ।

आवश्यकताअनुसार अन्य सुरक्षा निकायसँग समन्वय गरी निकुञ्ज क्षेत्रभित्रका बस्तीमा समेत सुरक्षा सतर्कता बढाइएको थापामगरले जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यात्राप्रेमलाई उद्यममा बदलेकी सिर्जनालाई मन्त्री साेबिताको यस्तो बधाई

यात्राप्रेमलाई उद्यममा बदलेकी सिर्जनालाई मन्त्री साेबिताको यस्तो बधाई

यात्राप्रतिको रुचिलाई उद्यममा बदल्दै सिर्जना सिज्जुले बागलुङको ढोरपाटनमा प्रकृतिमैत्री रिसोर्ट ‘सिज्जइको क्याम्प’ सञ्चालनमा ल्याएकी छन्।
बाढीपहिरोबाट यी सडक छन् अवरुद्ध र एकतर्फी

बाढीपहिरोबाट यी सडक छन् अवरुद्ध र एकतर्फी

विपद्का कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य सडकखण्ड प्रभावित भएका छन्।
आरुबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु, चालक गम्भीर घाइते

आरुबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु, चालक गम्भीर घाइते

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९, आरुबारीस्थित राम मन्दिरनजिक मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।
मौसमविद् भन्छन्- ८–१० दिनपछि नेपालमा मौसम बदलीको सम्भावना छ

मौसमविद् भन्छन्- ८–१० दिनपछि नेपालमा मौसम बदलीको सम्भावना छ

अरब सागर र बंगालको खाडीमा सम्भावित नयाँ मौसमी प्रणाली विकास भएर नेपालमा प्रभाव पार्न सक्ने प्रारम्भिक संकेत देखिएको छ।