नेभिगेशन
समाज

आरुबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु, चालक गम्भीर घाइते

काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९, आरुबारीस्थित राम मन्दिरनजिक मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कात्तिक १ गते राति करिब ११ः२० बजे बा ९० प ३३२५ नम्बरको मोटरसाइकल सडकमा चिप्लिएर दुर्घटना भएको हो।

Ncell
Extreme Energy

दुर्घटनामा मोटरसाइकल चालक रौतहट घर भई हाल काठमाडौं महानगरपालिका–६, तिनचुली बस्ने १८ वर्षीय मोहन ठाकुर गम्भीर घाइते भएका छन्। मोटरसाइकलको पछाडि सवार भारत घर भई सोही स्थानमा बस्ने १६ वर्षीय महमद जसिमको मृत्यु भएको छ।

दुर्घटनापछि जसिमलाई नेपाल मेडिकल कलेज, अत्तरखेल पुर्‍याइएको थियो। चिकित्सकले उनलाई बाटोमै मृत्यु भएको पुष्टि गरेका थिए।

गम्भीर घाइते ठाकुरको नेपाल मेडिकल कलेजमा उपचार भइरहेकोमा थप उपचारका लागि कात्तिक २ गते बिहान १ः४५ बजे त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यात्राप्रेमलाई उद्यममा बदलेकी सिर्जनालाई मन्त्री साेबिताको यस्तो बधाई

यात्राप्रेमलाई उद्यममा बदलेकी सिर्जनालाई मन्त्री साेबिताको यस्तो बधाई

यात्राप्रतिको रुचिलाई उद्यममा बदल्दै सिर्जना सिज्जुले बागलुङको ढोरपाटनमा प्रकृतिमैत्री रिसोर्ट ‘सिज्जइको क्याम्प’ सञ्चालनमा ल्याएकी छन्।
बाढीपहिरोबाट यी सडक छन् अवरुद्ध र एकतर्फी

बाढीपहिरोबाट यी सडक छन् अवरुद्ध र एकतर्फी

विपद्का कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य सडकखण्ड प्रभावित भएका छन्।
चितवन निकुञ्जमा चाडपर्व लक्षित सुरक्षा योजना, तालिमप्राप्त कुकुरबाट पनि निगरानी

चितवन निकुञ्जमा चाडपर्व लक्षित सुरक्षा योजना, तालिमप्राप्त कुकुरबाट पनि निगरानी

चितवन राष्ट्रिय निकुञ्जले चाडपर्वका बेला हुन सक्ने चोरी–सिकारी नियन्त्रण गर्न सुरक्षा रणनीति तयार पारेको छ।
मौसमविद् भन्छन्- ८–१० दिनपछि नेपालमा मौसम बदलीको सम्भावना छ

मौसमविद् भन्छन्- ८–१० दिनपछि नेपालमा मौसम बदलीको सम्भावना छ

अरब सागर र बंगालको खाडीमा सम्भावित नयाँ मौसमी प्रणाली विकास भएर नेपालमा प्रभाव पार्न सक्ने प्रारम्भिक संकेत देखिएको छ।