नेभिगेशन
समाज

बाढीपहिरोबाट यी सडक छन् अवरुद्ध र एकतर्फी

काठमाडौं । विपद्का कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य सडकखण्ड प्रभावित भएका छन्। आइतबार बिहान ६:३० बजेसम्मको विवरणअनुसार म्याग्दीको बेनी–जोमसोम सडकखण्ड र सुर्खेतको कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा छन् भने गोरखाको आरुघाट क्षेत्रमा पुल अवरुद्ध छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गण्डकी प्रदेशअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा असोज १० गते बिहान ५:५० बजे पहिरो गएपछि अवरुद्ध बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।

Ncell
Extreme Energy

त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२ र ३ तथा वडा नं. ९ स्थित नयाँपुल क्षेत्रमा असोज २५ गते बिहान ५:३० बजे आएको बाढीका कारण सोतीमा रहेको फलामे पुल र गोरखाको आरुघाटबाट धादिङ जोड्ने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ।

कर्णाली प्रदेशअन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेमा कात्तिक १ गते बिहान ५:४५ बजे पहिरो गएपछि प्रभावित कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा रहेको विवरणमा उल्लेख छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यात्राप्रेमलाई उद्यममा बदलेकी सिर्जनालाई मन्त्री साेबिताको यस्तो बधाई

यात्राप्रेमलाई उद्यममा बदलेकी सिर्जनालाई मन्त्री साेबिताको यस्तो बधाई

यात्राप्रतिको रुचिलाई उद्यममा बदल्दै सिर्जना सिज्जुले बागलुङको ढोरपाटनमा प्रकृतिमैत्री रिसोर्ट ‘सिज्जइको क्याम्प’ सञ्चालनमा ल्याएकी छन्।
आरुबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु, चालक गम्भीर घाइते

आरुबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु, चालक गम्भीर घाइते

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९, आरुबारीस्थित राम मन्दिरनजिक मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।
चितवन निकुञ्जमा चाडपर्व लक्षित सुरक्षा योजना, तालिमप्राप्त कुकुरबाट पनि निगरानी

चितवन निकुञ्जमा चाडपर्व लक्षित सुरक्षा योजना, तालिमप्राप्त कुकुरबाट पनि निगरानी

चितवन राष्ट्रिय निकुञ्जले चाडपर्वका बेला हुन सक्ने चोरी–सिकारी नियन्त्रण गर्न सुरक्षा रणनीति तयार पारेको छ।
मौसमविद् भन्छन्- ८–१० दिनपछि नेपालमा मौसम बदलीको सम्भावना छ

मौसमविद् भन्छन्- ८–१० दिनपछि नेपालमा मौसम बदलीको सम्भावना छ

अरब सागर र बंगालको खाडीमा सम्भावित नयाँ मौसमी प्रणाली विकास भएर नेपालमा प्रभाव पार्न सक्ने प्रारम्भिक संकेत देखिएको छ।