नेभिगेशन
समाज

गोकर्णेश्वरले सुरु गर्‍यो घरदैलोमै घुम्ती स्वास्थ्य सेवा, बिहान ७ देखि बेलुका ७ बजेसम्म उपचार

काठमाडौँ। गोकर्णेश्वर नगरपालिकाले ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका बिरामीलाई लक्षित गरी घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नगरपालिकाले बिरामीको घरमै पुगेर स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गर्न विशेषज्ञ चिकित्सकका लागि मेयर दीपक रिसालले दुईवटा स्कुटर हस्तान्तरण गरेका छन्। यस सेवामार्फत आवश्यकताअनुसार चिकित्सक बिरामीको घरमै पुग्ने उनले बताए।

Ncell
Extreme Energy

मेयर रिसालका अनुसार घुम्ती स्वास्थ्य सेवा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुनेछ। घरमै स्वास्थ्य सेवा आवश्यक पर्ने नागरिकले सम्बन्धित चिकित्सक वा अस्पताल प्रशासनसँग सम्पर्क गरी सेवा लिन सक्नेछन्।

सेवाका लागि चिकित्सकलाई ९८०२००३६२० र अस्पताल प्रशासन प्रमुख टिकराम खड्कालाई ९८५१२४८७५५ नम्बरमा सम्पर्क गर्न सकिने नगरपालिकाले जनाएको छ।

त्यस्तै, नगरपालिकासम्बन्धी आवश्यक सहयोगका लागि नगर प्रमुखलाई ९८५१०२५६९३ नम्बरमा २४ घण्टा सम्पर्क गर्न सकिने जनाइएको छ।

847832798_2381799572628661_2006632105503768982_n-1792383821.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानविरुद्ध खेल्दै

विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानविरुद्ध खेल्दै

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेलमा घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमेरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु...
ऊँट लिएर गाउँगाउँमा भिक्षा माग्दै, हवनका नाममा रकम उठाएको स्थानीयको गुनासो

ऊँट लिएर गाउँगाउँमा भिक्षा माग्दै, हवनका नाममा रकम उठाएको स्थानीयको गुनासो

बाराको बारागढी गाउँपालिका–१ पिपरा, बस्तपुर, भुवानीपुरलगायत आसपासका क्षेत्रमा ऊँट लिएर घरघरमा पुग्दै भिक्षा माग्ने गरेको पाइएको छ।
नेपालमा प्रतिबन्धित भयो भारतीय चलचित्र ‘उड्ता तिर’

नेपालमा प्रतिबन्धित भयो भारतीय चलचित्र ‘उड्ता तिर’

भारतीय अभिनेता आयुष्मान खुराना र सारा अली खान अभिनीत चलचित्र ‘उड्ता तिर’ लाई नेपालमा सार्वजनिक प्रदर्शनका लागि अनुमति नदिइने भएको छ।
यात्राप्रेमलाई उद्यममा बदलेकी सिर्जनालाई मन्त्री साेबिताको यस्तो बधाई

यात्राप्रेमलाई उद्यममा बदलेकी सिर्जनालाई मन्त्री साेबिताको यस्तो बधाई

यात्राप्रतिको रुचिलाई उद्यममा बदल्दै सिर्जना सिज्जुले बागलुङको ढोरपाटनमा प्रकृतिमैत्री रिसोर्ट ‘सिज्जइको क्याम्प’ सञ्चालनमा ल्याएकी छन्।