नेभिगेशन
समाज

विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानविरुद्ध खेल्दै

काठमाडौँ  आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेलमा घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमेरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालका लागि यो खेल एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने दृष्टिले महत्त्वपूर्ण छ। ओमानलाई पराजित गरे नेपालले लिग–२ को शीर्ष छमा रहँदै ओडीआई मान्यता जोगाउनेछ। शीर्ष छमा पर्न नसके नेपालले मान्यता जोगाउन विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ।

Ncell
Extreme Energy

क्यानडासँग शनिबार भएको खेलमा २४ रनले पराजित भएपछि नेपाल २८ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ। २९ अङ्कसहित क्यानडा छैटौँ स्थानमा छ। नेपालले ओमानलाई हराए ३० अङ्क पुर्‍याउँदै क्यानडालाई उछिन्नेछ। खेल रद्द भएर एक अङ्क पाएमा पनि नेपालको नेट रनरेट क्यानडाको भन्दा राम्रो रहेकाले शीर्ष छमा पुग्ने सम्भावना छ। 

नेपालले यसअघि यही शृङ्खलामा ओमानलाई ११३ रनले पराजित गरेको थियो। आजको खेलमा पनि त्यही प्रदर्शन दोहोर्‍याउँदै जित निकाल्ने लक्ष्यमा नेपाली टोली हुनेछ।

नेपाल र ओमानबीचको प्रतिस्पर्धा यसअघि पनि रोचक रहँदै आएको छ। दुवै टोली आजको खेल जित्दै आफ्नो पक्षमा नतिजा निकाल्ने प्रयासमा मैदान उत्रनेछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गोकर्णेश्वरले सुरु गर्‍यो घरदैलोमै घुम्ती स्वास्थ्य सेवा, बिहान ७ देखि बेलुका ७ बजेसम्म उपचार

गोकर्णेश्वरले सुरु गर्‍यो घरदैलोमै घुम्ती स्वास्थ्य सेवा, बिहान ७ देखि बेलुका ७ बजेसम्म उपचार

गोकर्णेश्वर नगरपालिकाले ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका बिरामीलाई लक्षित गरी घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ।
ऊँट लिएर गाउँगाउँमा भिक्षा माग्दै, हवनका नाममा रकम उठाएको स्थानीयको गुनासो

ऊँट लिएर गाउँगाउँमा भिक्षा माग्दै, हवनका नाममा रकम उठाएको स्थानीयको गुनासो

बाराको बारागढी गाउँपालिका–१ पिपरा, बस्तपुर, भुवानीपुरलगायत आसपासका क्षेत्रमा ऊँट लिएर घरघरमा पुग्दै भिक्षा माग्ने गरेको पाइएको छ।
नेपालमा प्रतिबन्धित भयो भारतीय चलचित्र ‘उड्ता तिर’

नेपालमा प्रतिबन्धित भयो भारतीय चलचित्र ‘उड्ता तिर’

भारतीय अभिनेता आयुष्मान खुराना र सारा अली खान अभिनीत चलचित्र ‘उड्ता तिर’ लाई नेपालमा सार्वजनिक प्रदर्शनका लागि अनुमति नदिइने भएको छ।
यात्राप्रेमलाई उद्यममा बदलेकी सिर्जनालाई मन्त्री साेबिताको यस्तो बधाई

यात्राप्रेमलाई उद्यममा बदलेकी सिर्जनालाई मन्त्री साेबिताको यस्तो बधाई

यात्राप्रतिको रुचिलाई उद्यममा बदल्दै सिर्जना सिज्जुले बागलुङको ढोरपाटनमा प्रकृतिमैत्री रिसोर्ट ‘सिज्जइको क्याम्प’ सञ्चालनमा ल्याएकी छन्।