नेभिगेशन
समाज

एनटी फाइबरको प्याकेजमा आकर्षण, अनलाइनबाटै जडानको अनुरोध गर्न सकिने

काठमाडौँ । नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेट प्याकेजप्रति ग्राहकको आकर्षण बढेको छ। नयाँ लाइन जडानबारे जानकारी लिन १९८ नम्बरमा सम्पर्क गर्ने ग्राहकको चाप बढेपछि टेलिकमले उक्त नम्बरको क्षमता वृद्धि गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

टेलिकमका अनुसार एनटी फाइबर जडान गर्न इच्छुक ग्राहकले १९८ नम्बरमा फोन गरेर आफूलाई पायक पर्ने स्थानमा सेवा उपलब्ध भए–नभएको जानकारी लिन सक्छन्। नम्बरको क्षमता बढाएपछि ग्राहकलाई जानकारी लिन र जडान प्रक्रिया अघि बढाउन सहज हुने कम्पनीको अपेक्षा छ।

Ncell
Extreme Energy

ग्राहकले एनटी फाइबर जडानका लागि अनलाइनबाटै अनुरोध गर्न सक्ने व्यवस्था पनि गरिएको छ। यसका लागि नेपाल टेलिकमको अनलाइन प्रणाली मा लगइन गरी आफ्नो नेपाल टेलिकम मोबाइल नम्बर प्रयोग गरेर आवश्यक विवरण पेस गर्न सकिनेछ। यही प्रणालीबाट सेवासम्बन्धी गुनासोसमेत दर्ता गर्न सकिने कम्पनीले जनाएको छ।

टेलिकमले हालै एनटी फाइबरअन्तर्गत चार हजार ९९९ रुपैयाँमा ३० एमबीपीएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराएको छ। ग्राहकको आवश्यकता र प्रयोगअनुसार अन्य प्याकेज पनि उपलब्ध छन्।

इन्टरनेटको शुल्क, गति र गुणस्तरका आधारमा सेवा प्रदायकका प्याकेज तुलना गर्ने प्रवृत्ति बढिरहेका बेला तुलनात्मक रूपमा कम शुल्कमा इन्टरनेट सेवा लिन चाहने ग्राहक एनटी फाइबरतर्फ आकर्षित भएको कम्पनीको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मासु खाँदा हड्डी अड्किए के गर्ने?

मासु खाँदा हड्डी अड्किए के गर्ने?

दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा जलन, एसिड रिफ्लक्स तथा निल्न असहज हुने समस्या देखिन सक्ने भएकाले चिकित्सकले खानपानमा सावधानी अपनाउन सुझाव दिएका छन्।
सशस्त्र प्रहरीले किन दिँदैछ निःशुल्क बस सेवा

सशस्त्र प्रहरीले किन दिँदैछ निःशुल्क बस सेवा

बडादसैँका अवसरमा काठमाडौँ उपत्यकामा सर्वसाधारणको आवतजावत सहज बनाउन सशस्त्र प्रहरी बलले दुई वटा बस निःशुल्क सञ्चालन गरेको छ।
दसैँमा थरिथरि पिङ, कतै चहलपहल त कतै पिर्कासमेत छैनन्

दसैँमा थरिथरि पिङ, कतै चहलपहल त कतै पिर्कासमेत छैनन्

दसैँको आगमनसँगै गाउँगाउँमा रोटे, चर्खे र लिङ्गे पिङ हाल्ने चलन छ। तर यस वर्ष धादिङ, नुवाकोट र रसुवाका कतिपय ठाउँमा पिङको रौनक विगतमा जस्तो छैन।
बाढीपहिरोबाट जलजलाका ३१६ घरमा क्षति, ३५ परिवार विस्थापित

बाढीपहिरोबाट जलजलाका ३१६ घरमा क्षति, ३५ परिवार विस्थापित

पछिल्लो मनसुनजन्य विपद्बाट पर्वतको जलजला गाउँपालिकामा ३१६ घरमा क्षति पुगेको छ भने पहिरोका कारण ३५ परिवार विस्थापित भएका छन्।