नेभिगेशन
सबै कुरा

अनलाइन जुवा खेलाउँदै गरेका १५ जना पक्राउ

बाँके । बाँकेमा अनलाइन सट्टेबाजी र जुवा खेलाउँदै गरेका १५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी निरीक्षक सुजन शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले अनलाइन सट्टेबाजी र जुवा खेलाउँदै गरेका १५ जनालाइ पक्राउ गरेको हो । 

अनलाइन सट्टेबाजी र जुवा हुने गरेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित अयुब हलवाईको घरमा फ्याट भाडामा लिई अनलाइन सट्टेबाजी र जुवा सम्बन्धी काम गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १८ थान ल्यापटप र ५६ थान मोबाइल पनि बरामद गरिएको छ ।

CG

पक्राउ पर्नेहरुमा बर्दियाको गुलरिया नगरपालिका–६ बस्ने बर्ष ३८ का बिराज पौडेल, सोही ठाउँ बस्ने बर्ष २० का सास्वन पाठक, बाँके खजुरा–१ का ३८ वर्षीय इश्वर राणा, सोही ठाउँ बस्ने ३७ वर्षीय टोप बहादुर थापा, मोरङको मिक्लाजुङ–६ का २५ वर्षीय इसाक लिम्बु, सोही ठाउँ बस्ने १९ वर्षीय सुदेश राई र २२ वर्षीय रोशन दनुवार छन् । 

यस्तै खोटाङको अइसेलुखर्क–६ का २७ वर्षीय प्रविण राई, इलामको इलाम ९ बस्ने ३३ वर्षीय पर्शुराम दर्जी, सिराहाको सिराहा–७ बस्ने २३ वर्षीय राकेश कुमार यादव, पर्साको बिरगंज १४ बस्ने बर्ष ३१ का सुरेन्द्र चौधरी, उदयपुरको चाङडिगडी–८ बस्ने बर्ष ३२ का भास्कर मगर, रुकुम पश्चिम को आठबिसकोट–९ का २६ वर्षीय दिपेन्द्र केसी, गोरखाको अजुरकोट– ४ बस्ने बर्ष २९ को रुपक कोइराला र पर्बतको त्रिबेणी–२ बस्ने बर्ष ३५ का सुन्दर राणा पनि पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरूमाथि सट्टेबाजी जुवा अन्तर्गत मुद्दा चलाएर अनुसन्धान गरिने बाँके प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सनासो प्रहार गरी श्रीमतीको हत्या

सनासो प्रहार गरी श्रीमतीको हत्या

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनका अनुसार अभियुक्त गणेशबहादुरलाई हिरासतमा लिएर कारबाही थालिएको छ ।
एसबिआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ

एसबिआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ

पुस २९ गते सँझ उनीहरुले बैकको गार्ड रुद्रबहादुर कार्की तथा उक्त बैंकमा रहेका कर्मचारीसमेतलाई नियन्त्रणमा लिएर लुटपाट गरेका थिए । बैंकका सुरक्षा गार्डलाई खुकुरीसमेत प्रहार गरी सामान्य घाइते...
उडान भर्नै लाग्दा यात्रुले विमानको आपतकालिन ढोका खोलिदिएपछि....

उडान भर्नै लाग्दा यात्रुले विमानको आपतकालिन ढोका खोलिदिएपछि....

घटनापछि चेकजाँच पश्चात्मात्र सो उडान भर्ने भन्दै ढिलो हुन गएको प्रति यात्रुवर्गसंग बुघ एयरले असुविधाप्रति क्षमा समेत मागेको छ । त्यस्तै उक्त कार्यमा संलग्न यात्रुलाई आवश्यक कारबाहीका लागि...
स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट इलामतर्फ गइरहेको बा१६च ८०४८ नम्बरको टाटा सुमोलाई चेकजाँच गर्ने क्रममा झापाको मेचीनगर नगरपालिका–३ का ३४ वर्षीय युवराज नेवारबाट ५७ हजार अमेरिकी डलर...