नेभिगेशन
सबै कुरा

अनलाइन जुवा खेलाउँदै गरेका १५ जना पक्राउ

बाँके । बाँकेमा अनलाइन सट्टेबाजी र जुवा खेलाउँदै गरेका १५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी निरीक्षक सुजन शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले अनलाइन सट्टेबाजी र जुवा खेलाउँदै गरेका १५ जनालाइ पक्राउ गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अनलाइन सट्टेबाजी र जुवा हुने गरेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित अयुब हलवाईको घरमा फ्याट भाडामा लिई अनलाइन सट्टेबाजी र जुवा सम्बन्धी काम गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १८ थान ल्यापटप र ५६ थान मोबाइल पनि बरामद गरिएको छ ।

Ncell
Extreme Energy

पक्राउ पर्नेहरुमा बर्दियाको गुलरिया नगरपालिका–६ बस्ने बर्ष ३८ का बिराज पौडेल, सोही ठाउँ बस्ने बर्ष २० का सास्वन पाठक, बाँके खजुरा–१ का ३८ वर्षीय इश्वर राणा, सोही ठाउँ बस्ने ३७ वर्षीय टोप बहादुर थापा, मोरङको मिक्लाजुङ–६ का २५ वर्षीय इसाक लिम्बु, सोही ठाउँ बस्ने १९ वर्षीय सुदेश राई र २२ वर्षीय रोशन दनुवार छन् । 

यस्तै खोटाङको अइसेलुखर्क–६ का २७ वर्षीय प्रविण राई, इलामको इलाम ९ बस्ने ३३ वर्षीय पर्शुराम दर्जी, सिराहाको सिराहा–७ बस्ने २३ वर्षीय राकेश कुमार यादव, पर्साको बिरगंज १४ बस्ने बर्ष ३१ का सुरेन्द्र चौधरी, उदयपुरको चाङडिगडी–८ बस्ने बर्ष ३२ का भास्कर मगर, रुकुम पश्चिम को आठबिसकोट–९ का २६ वर्षीय दिपेन्द्र केसी, गोरखाको अजुरकोट– ४ बस्ने बर्ष २९ को रुपक कोइराला र पर्बतको त्रिबेणी–२ बस्ने बर्ष ३५ का सुन्दर राणा पनि पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरूमाथि सट्टेबाजी जुवा अन्तर्गत मुद्दा चलाएर अनुसन्धान गरिने बाँके प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...