नेभिगेशन
सबै कुरा

कोशी विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनविरुद्ध दायर रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश हरि फुयाँलको एकल इजलासले आज रिटको प्रारम्भिक सुनुवाई गर्दै सो सवाल संविधानको व्यख्यासँग जोडिएकाले पूर्ण सुनुवाईबाट हुनुपर्ने देखिएको भन्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । त्यसैगरी आगामी जेठ ९ गते पेशी तोकी दुवै पक्षसँग छलफलका लागि बोलाउने आदेश दिएको हो । 

न्यायाधीश फुयालको एकल इजलासले सो विवादमा पाँचवटा प्रश्नको निरुपण गर्नुपर्ने समेत औँल्याएको छ । जसमा संविधानको धारा १६८ (५) बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले समर्थन गर्ने दल तथा सदस्यहरूले समर्थन फिर्ता लिएको जानकारी गराएपछि धारा १८८ (२) बमोजिमको विश्वासको मत लिनुपर्ने हो वा होइन रु संविधानको धारा १६८ (५) बमोजिम नियुक्त भएको मुख्यमन्त्रीको पद धारा १६९(१) को अवस्थाभन्दा बाहेक अन्य तरिकाबाट रिक्त हुन सक्छ वा सक्दैन ? संविधानको धारा १६८ (५) बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले धारा १८८ (४) मा उल्लिखित स्पष्टिकरणको सुविधा प्राप्त गर्न सक्छ वा सक्दैन ? भनी सोधिएको छ ।

त्यस्तै, कोशी प्रदेश प्रमुखको यही वैशाख २६ को विज्ञप्तिको संवैधानिक आधार तथा उक्त विज्ञप्तिभित्र उल्लिखित सङ्कल्प प्रस्तावको संवैधानिक र कानुनी वैधता के कसो हो ? र प्रदेश सरकार गठन विघटनमा प्रदेश प्रमुख तथा प्रदेशसभाको क्षेत्राधिकारको परिधि र सीमा के कसो हो भन्नेबारे प्रश्न गर्दै यि विषयको निरुपण पूर्ण सुनुवाईबाट गर्नुपर्ने भनिएको छ । 

आदेशमा भनिएको छ, “यस निवेदनमा उल्लिखित संविधानको व्याख्याको विषय अन्तर्निहित भएको देखिदा उक्त विषयको निरुपण पूर्ण सुनुवाईबाट हुनुपर्ने देखिएकाले हाललाई निवेदकको माग बमोजिमको अन्तरिम आदेश जारी गरिरहनु परेन ।” 

 नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मतबहादुर कार्की बिहीबार मुख्यमन्त्रीमा नियुक्तविरुद्ध नेपाली कांग्रेसका तर्फबाट केदार कार्कीले बिहीबार रिट निवेदन दायर गर्नुभएको थियो । सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुखले गरेको आह्वानलाई अन्तरिम आदेशमार्फत बदर गर्न रिट निवेदनमा माग गरिएको थियो । 

सत्तागठबन्धनका तर्फबाट एमाले नेता कार्कीले बिहीबार नै मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएकामा समर्थन गर्ने प्रदेशसभा सदस्यको सनाखत गराई प्रदेश प्रमुख परशुराम खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राजदूत फिर्ता बोलाउने सरकारको निर्णयप्रति बारको ध्यानाकर्षण

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयप्रति बारको ध्यानाकर्षण

“अदालतको फैसला वा आदेशको परोक्ष रूपले पालना नगर्ने कार्यले स्वेच्छाचारिताको प्रवर्द्धन गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “अदालतको आदेश वा फैसला अक्षरसः पालनाका लागि अनुरोध गर्दै अदालतप्रतिको आस्थामा आँच आउने...
राजदूत फिर्ता बोलाउने विषयमा १४ गते सुनुवाइ हुने

राजदूत फिर्ता बोलाउने विषयमा १४ गते सुनुवाइ हुने

न्यायाधीश विनोद शर्माको एकल इजलासले आज लिखित जवाफ माग गर्दै यही कात्तिक १४ गते अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षसँग छलफलका लागि पेसी तोकेको हो ।
सर्वोच्च अदालतमा २८ गतेदेखि रिट दर्ता र सुनुवाइ हुने

सर्वोच्च अदालतमा २८ गतेदेखि रिट दर्ता र सुनुवाइ हुने

यसअघि गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट क्षति हुँदा बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम...
एमालेको युवा संघले काठमाडौँमा मोटरसाईकल र्याली गर्न नपाउने

एमालेको युवा संघले काठमाडौँमा मोटरसाईकल र्याली गर्न नपाउने

नेकपा एमालेनिकट युवा संघले काठमाडौँमा मोटरसाइकल र्याली निकाल्न नपाउने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना जारी गर्दै याली, जुलुश, धर्ना, सभा र प्रदर्शनजस्ता कार्यक्रमलाई रोक लगाएको...