नेभिगेशन
सबै कुरा

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा कांग्रेसको आपत्ति

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ पुर्जी जारी भएकोमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ पुर्जी जारी भएकोमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद बद्रि प्रसाद पाण्डेले आपत्ति जनाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

‘भर्खरै सुनिएको समाचारअनुसार कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ पुर्जी जारी भएको मैले सुनेको छु’ सांसद पाण्डेले भने, ‘कानुनी कारबाहीको दायरामा हरेक नागरिकलाई ल्याउनुपर्छ । तर,आग्रह र पूर्वाग्रह राखेर कसैमाथि कारबाही भयो भने नेपाली कांग्रेसले राणालाई सहेन, राजालाई सहेन कसैलाई पनि सहदैन।’

मंगलबार बिहान कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियालाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियाे। जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमती दिएको हो। कांग्रेसले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी हुनुमा पूर्वाग्रह राखिएको हुनसक्ने आरोप लगाएको छ । 

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।
घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।
२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

बैठकमा प्रस्तावित राजदूतले आ–आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए । समितिको सोमबारको बैठकमा भारत, चीन, अमेरिका र बेलायतका प्रस्तावित राजदूतको सुनुवाइ भएको थियो ।