नेभिगेशन
सबै कुरा

हेटौंडामा पौने ३ करोडको भेपसहित ५ जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले गएराति इलेक्ट्रीक चुरोट (भेप) सहित ५ जनालाई पक्राउ गरेको छ । काठमाडौंबाट हेटौंडा हुँदै भारतको दिल्लीतर्फ जानका लागि आउँदै गरेको ना ६ ख ७१६३ नम्बरको यात्रुबाहक बसबाट भन्सार छली ल्याएको सो परिमाणको भेप बरामद गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौैंडा– ११ थानाभर्याङमा सो बसलाई चेक गर्दा बसमा लुकाइ ल्याएको करिब दुई करोड, ७१ लाख, २१ हजार ७ सय ८० रुपैँया बराबरको ५८ कार्टुन भेप (इलेक्ट्रिक चरोट) प्रहरीले फेला पारेको हो ।

Ncell
Extreme Energy

प्रहरीका अनुसार ३६ सिट क्षमता भएको सो बसमा २३ जना पेसेन्जरलाई काठमाडौंदेखि भारतको दिल्लीसम्म लैजाने गरी आएको जनाएको छ । पेसेन्जर बस्ने सिट माथि फल्स बटम बनाइ भेपका कार्टुनहरु राखिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा बस चालक दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नं. २ बस्ने २७ बर्षीय सलाम मोक्तान, सहचालक उदयपुर जिल्ला कटारी नगरपालिका वडा नं. ११ बस्ने २७ वर्षीय प्रविन्द्र राना, धनकुटा बेलरा नगरपालिका वडा नं. १६ बस्ने २९ बर्षीय राजकुमार हिमाङ, नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं. ७ बस्ने ३९ बर्षीय ईन्द्र बहादुर जर्सी र सोहि स्थानका ३० बर्षीय सन्तोष भुषाल रहेको प्रहरीले जनाएको छ । 

पक्राऊ परेकाहरुले काठमाडौंको बालाजू, भत्केको पुल नजिकको रमाईलो डाँडाबाट लोड गरेको र यस अघि पनि पटकपटक अवैध सामान भारत पुर्याउने गरेको बयान दिएको मकवानपुर प्रहरीले जनाएको छ । सो बसले यात्रुहरुलाई पर्यटकका रुपमा भरत लैजाने गरी गत असार ५ गते भातीय दुताबासबाट बाटो इजाजत लिएको फेला परेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...

भर्खरै