नेभिगेशन
सबै कुरा

हेटौंडा अस्पतालकै फार्मेसीमा ठगिए उपभोक्ता (भिडियाे)

मकवानपुर । बागमति प्रदेश राजधानी हेटौंडाको मदन भदन भण्डारी स्वस्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालले सेवाग्राहीलाई ठगी गरेको तथ्य फेला परेको छ  हेटौंडा अस्पतालले औषधिजन्य सामग्रीमा अधिकतम् मूल्यभन्दा बढी रकम लिएर सर्वसाधारणलाई ठगी गरिएको पाइएको हो । 

सिधाकुरा टिमलाई औषधिमा अस्पतालले ठगी गरेको गुनासो गरेपछि हाम्रो टिम मंगलबार हेटौँंडा अस्पतालको फार्मेसीमा औषधि खरीद गर्न पुगेका थियो । लोमस् कम्पनीले उत्पादन गरेको १०० एमएल SALHIM 0.9 नामक औषधिको ३३ रुपैया अधिकतम् मूल्य थियो । तर अस्पतालले अस्पतालले ४५ रुपैया साठी पैसा मूल्य लियो । 

CG

हामीले सोही अस्पतालमै फुसडर्म एच क्रिम खरीद गरेका थियौँ । यसमा पनि अस्पतालले हामीलाई ५ ग्रामको मल्हम दिएर १५ ग्रामको बिल थमायो ।  ५ ग्रामको मल्हम दिएर १५ ग्रामको बिल र ३३ रुपैयाँको औषधिलाई ४५ रुपैयाँ ६० पैसा असुलेपछि हामीले फार्मेसी इन्चार्ज विकासकुमार लामालाई प्रश्न गर्यौँ । 

फार्मेसीमा आउने सबै औषधिजन्य सामग्रीको मूल्य स्टोर शाखाले तोक्ने र सोही अनुसार आफूहरुले बिक्री गर्ने गरेको जवाफपछि हामीले स्टोर प्रमुख समक्ष फार्मेसी इन्चार्जसहित पुग्यौँ । उनले गल्ती भएको स्वीकार गरे । 

उनले १०० एमएल SALHIM 0.9 ८ सय वटा आएको र सो मध्ये ७ सयवटा विक्री भएको स्वीकार गरे । यता अस्पतालका निमित्त निर्देशक श्रीधर अर्यालले जनता ठगिएकोप्रति कुनै चिन्ता व्यक्त गरेनन् । उनले भने, ‘विल लिएर आए १२ रुपैयाँ साठी पैसाको दरले रकम फिर्ता हुन्छ ।’

सरकारी स्वामित्वको अस्पतालमा जनता ठगिनु साधारण कुरो हुँदै होईन, गम्भीर विषय हो । तर विभिन्न बहाना गरेर, सप्लायर्समाथि दोष थुपारेर हेटौँडा अस्पतालले कसरी नागरिकलाई लुटिरहेको छ भन्ने छर्लङ्ग भएको छ । 

हेटौँडा अस्पतालत्रिको खनियमितता यतिमा मात्रै सिमित छैन । अस्पतालले थाईराईड सम्बन्धि औषधि थाईरोनिक्स–५० macleods कम्पनीकोलागि टेण्डर खुलाएको थियो । 

तर अस्पतालमा सुनसरी दुहबीमा रहेको फार्मोनिक्स लाईफ साईन्सेज्बाट उत्पादित औषधि सर्वसाधारणलाई बिक्री गरिरहेको छ । स्टोर इन्चार्जले यो औषधि अघिल्लो आर्थिक बर्षको रहेको दाबी गरे । तर गत चैत्र १८ गते मात्रै हेटौंडा अस्पतालले ७८ हजार ५ सय रुपैयाँको यो औषधि ५०० वटा खरीद गरेको अर्को प्रमाण भेटिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गगन समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय मान्य छैनः देउवा समूह

गगन समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय मान्य छैनः देउवा समूह

उनले आयोगको निर्णय सेटिङमा भएको आरोप लगाउदै वैधानिक, राजनीतिक र कानुनी सबै लडाइँ लड्ने उल्लेख गरे । खड्काले आयोगको निर्णय स्थापित नजिरको विरुद्धमा रहेको बताए ।
रास्वपा प्रवेश गर्दै अमरेशकुमार सिंह

रास्वपा प्रवेश गर्दै अमरेशकुमार सिंह

‘यही माघ ५ गते जगत जननी माता सिताको जन्मस्थल जनकपुरधाममा हुने राष्ट्रिय स्वतन्त्र पार्टी को कार्यक्रमबाट आफ्नो नयाँ राजनितिक अध्यायको सुरुवात गर्दैछु,’ उनले भने, ‘देश र मधेशमा रहेको...
गगनलाई रुख र चारतारे झण्डा दिन आयोगले लिएका तीन आधार के के हुन् ?

गगनलाई रुख र चारतारे झण्डा दिन आयोगले लिएका तीन आधार के के हुन् ?

पहिलो आधारका रूपमा आयोगले विधान बमोजिम ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न पाउने र सोअनुसार महाधिवेशन आयोजना गर्नु पर्ने बाध्यात्मक व्यवस्था रहेको उल्लेख गरेको छ ।
निर्वाचन आयोगले दियो गगन नेतृत्वको कांग्रेसलाई आधिकारीकता, रुख र  झण्डा अब विशेष महाधिवेशनपक्षधरलाई

निर्वाचन आयोगले दियो गगन नेतृत्वको कांग्रेसलाई आधिकारीकता, रुख र झण्डा अब विशेष महाधिवेशनपक्षधरलाई

शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।