नेभिगेशन
सबै कुरा

हेटौंडा अस्पतालकै फार्मेसीमा ठगिए उपभोक्ता (भिडियाे)

मकवानपुर । बागमति प्रदेश राजधानी हेटौंडाको मदन भदन भण्डारी स्वस्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालले सेवाग्राहीलाई ठगी गरेको तथ्य फेला परेको छ  हेटौंडा अस्पतालले औषधिजन्य सामग्रीमा अधिकतम् मूल्यभन्दा बढी रकम लिएर सर्वसाधारणलाई ठगी गरिएको पाइएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिधाकुरा टिमलाई औषधिमा अस्पतालले ठगी गरेको गुनासो गरेपछि हाम्रो टिम मंगलबार हेटौँंडा अस्पतालको फार्मेसीमा औषधि खरीद गर्न पुगेका थियो । लोमस् कम्पनीले उत्पादन गरेको १०० एमएल SALHIM 0.9 नामक औषधिको ३३ रुपैया अधिकतम् मूल्य थियो । तर अस्पतालले अस्पतालले ४५ रुपैया साठी पैसा मूल्य लियो । 

Ncell
Extreme Energy

हामीले सोही अस्पतालमै फुसडर्म एच क्रिम खरीद गरेका थियौँ । यसमा पनि अस्पतालले हामीलाई ५ ग्रामको मल्हम दिएर १५ ग्रामको बिल थमायो ।  ५ ग्रामको मल्हम दिएर १५ ग्रामको बिल र ३३ रुपैयाँको औषधिलाई ४५ रुपैयाँ ६० पैसा असुलेपछि हामीले फार्मेसी इन्चार्ज विकासकुमार लामालाई प्रश्न गर्यौँ । 

फार्मेसीमा आउने सबै औषधिजन्य सामग्रीको मूल्य स्टोर शाखाले तोक्ने र सोही अनुसार आफूहरुले बिक्री गर्ने गरेको जवाफपछि हामीले स्टोर प्रमुख समक्ष फार्मेसी इन्चार्जसहित पुग्यौँ । उनले गल्ती भएको स्वीकार गरे । 

उनले १०० एमएल SALHIM 0.9 ८ सय वटा आएको र सो मध्ये ७ सयवटा विक्री भएको स्वीकार गरे । यता अस्पतालका निमित्त निर्देशक श्रीधर अर्यालले जनता ठगिएकोप्रति कुनै चिन्ता व्यक्त गरेनन् । उनले भने, ‘विल लिएर आए १२ रुपैयाँ साठी पैसाको दरले रकम फिर्ता हुन्छ ।’

सरकारी स्वामित्वको अस्पतालमा जनता ठगिनु साधारण कुरो हुँदै होईन, गम्भीर विषय हो । तर विभिन्न बहाना गरेर, सप्लायर्समाथि दोष थुपारेर हेटौँडा अस्पतालले कसरी नागरिकलाई लुटिरहेको छ भन्ने छर्लङ्ग भएको छ । 

हेटौँडा अस्पतालत्रिको खनियमितता यतिमा मात्रै सिमित छैन । अस्पतालले थाईराईड सम्बन्धि औषधि थाईरोनिक्स–५० macleods कम्पनीकोलागि टेण्डर खुलाएको थियो । 

तर अस्पतालमा सुनसरी दुहबीमा रहेको फार्मोनिक्स लाईफ साईन्सेज्बाट उत्पादित औषधि सर्वसाधारणलाई बिक्री गरिरहेको छ । स्टोर इन्चार्जले यो औषधि अघिल्लो आर्थिक बर्षको रहेको दाबी गरे । तर गत चैत्र १८ गते मात्रै हेटौंडा अस्पतालले ७८ हजार ५ सय रुपैयाँको यो औषधि ५०० वटा खरीद गरेको अर्को प्रमाण भेटिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन् ।
बूढीगण्डकी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न गगन थापाको अपिल

बूढीगण्डकी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न गगन थापाको अपिल

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र सहयोगमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।
बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि सेना परिचालन, ६ जनाको हवाई उद्धार

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि सेना परिचालन, ६ जनाको हवाई उद्धार

प्रधानमन्त्री बालेन शाहले बूढीगण्डकी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र सुरक्षित स्थानान्तरणका लागि हेलिकप्टर परिचालन गरिएको बताएका छन्।
बूढीगण्डकी बाढीले अहिलेसम्म केके गर्‍यो?

बूढीगण्डकी बाढीले अहिलेसम्म केके गर्‍यो?

बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाका विभिन्न स्थानमा घर, झोलुङ्गे पुल, मोटरेबल पुल र जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्‍याएको छ।