नेभिगेशन
सबै कुरा

नेपालगन्जमा खुकुरी प्रहार गरी एक जनाको हत्या

बाँके । नेपालगन्जमा गएराति एक जनाको हत्या भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर –११ का ३८ वर्षीय इरसद राई (कबाडिया) को हत्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुुसार धारिलो हतियार प्रहार गरी एक समुहले राईको हत्या गरेको छ । हत्या गर्ने समुहको पहिचान नभएपनि उक्त समुहले प्रयोग गरेको मोटरसाईकल फेला परेको उनले बताए । 

Ncell
Extreme Energy

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लागु औषध दुब्र्यशनीकर्ताबीच आपसमा विवाद भएको थियो । विवाद मिलाउन खोजेका राईको नै हत्या भएको प्रहरीले जनाएको छ । गम्भीर घाईते भएका राईलाई तत्कालै भेरी अस्पतालमा लगिएको थियो । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । घटनाको अनुसन्धान भइरहेको छ ।   


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...