नेभिगेशन
सबै कुरा

नेपालगन्जमा खुकुरी प्रहार गरी एक जनाको हत्या

बाँके । नेपालगन्जमा गएराति एक जनाको हत्या भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर –११ का ३८ वर्षीय इरसद राई (कबाडिया) को हत्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुुसार धारिलो हतियार प्रहार गरी एक समुहले राईको हत्या गरेको छ । हत्या गर्ने समुहको पहिचान नभएपनि उक्त समुहले प्रयोग गरेको मोटरसाईकल फेला परेको उनले बताए । 

Ncell
Extreme Energy

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लागु औषध दुब्र्यशनीकर्ताबीच आपसमा विवाद भएको थियो । विवाद मिलाउन खोजेका राईको नै हत्या भएको प्रहरीले जनाएको छ । गम्भीर घाईते भएका राईलाई तत्कालै भेरी अस्पतालमा लगिएको थियो । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । घटनाको अनुसन्धान भइरहेको छ ।   


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्म १४ दिनको अवधिमा मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एक हजार दुई जना र लागुपदार्थ सेवन (लापसे) गरी...
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलका सञ्चालक २९ वर्षीया अमिसा ढुङ्गानालाई प्रहरीले लागुऔषधका चक्की सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी समेत रहेका प्रहरी...
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।