नेभिगेशन
सबै कुरा

प्रधानमन्त्री केपी शर्मा ओलीले पाए विश्वासको मत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका थिए, जहाँ बहुमत सांसदले उनलाई विश्वासको मत दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२६३ जना सा‌ंसदले मतदान गर्दा प्रधानमन्त्री ओलीका पक्षमा १८८ , विपक्षमा ७४ र मत दिन्न भन्ने प्रस्तावमा  १ मत खसेको थियो । संविधानको धारा ७६ (४) बमोजिम उनले विश्वासको मत लिएका हुन् । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । 

Ncell
Extreme Energy

नेपालको संविधानको धारा ७६ (२) अनुसार नेकपा (एमाले)का अध्यक्ष रहेका ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले संसदीय दलका नेता ओली चौँथो पटक प्रधानमन्त्री भएका हुन्। 

तत्कालीन सरकारको साझेदार रहेको नेकपा एमालेले नेपाली कांग्रेससँग सत्ता साझेदारी गर्ने र प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने निर्णयसँगै तत्कालीन सरकार अल्पमतमा परेको थियो । सोही बिच प्रधानमन्त्री प्रचण्डले संसदबाट समेत विश्वास गुमाएका थिए । 

प्रचण्डले विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६(२) अनुरुप सरकार बनाउन आव्हान गरेका थिए । जसमा नेपाली कांग्रेस र एमालेसहित केही साना दलको समर्थन सहित केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । 

सोहीअनुरुप राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । प्रधानमन्त्रीमा नियुक्त भएसँगै ओली चौथो पटक प्रधानमन्त्री बनेका थिए भने देशको ४५औँ प्रधानमन्त्री बनेका थिए । 

नेपालको वर्तमान संविधान जारी भएसँगै २०७२ असोज २४ गते अध्यक्ष ओली पहिलोपटक मुलुकको प्रधानमन्त्री बनेका थिए । यसैगरी, विसं २०७४ को आम निर्वाचनपछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को समर्थनमा २०७४ फागुन ३ गते झन्डै दुई तिहाइ बहुमतसहित उनले दोस्रोपटक सरकारको नेतृत्व गरेका थिए । 

त्यसपछि २०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रको एकता भई उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई अध्यक्षमध्ये  पहिलो वरियताको अध्यक्ष भएका थिए । पार्टीभित्रको विवादका कारण उनी नेतृत्वको सरकार अल्पमतमा परेको थियो । तत्कालीन राजनीतिक घटनाक्रमका बीच प्रधानमन्त्रीका हैसियतले मध्यावधि निर्वाचनका लागि गरेको सिफारिस सर्वोच्च अदालतको आदेशबाट बदर भएपछि अध्यक्ष ओली सरकारको नेतृत्वबाट बाहिरिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संघीय संसदको बर्खे अधिवेशन भोलि अन्त्य हुँदै, सभामुख अर्यालको विशेष तयारी

संघीय संसदको बर्खे अधिवेशन भोलि अन्त्य हुँदै, सभामुख अर्यालको विशेष तयारी

संघीय संसदको बर्खे अधिवेशन भोलि अन्त्य हुँदैछ ।
देउवा समूहको वडा अधिवेशन आजदेखि, देउवाले गरे अपिल

देउवा समूहको वडा अधिवेशन आजदेखि, देउवाले गरे अपिल

नेपाली कांग्रेसको देउवा समूहले पनि समानान्तररुपमा छुट्टै १५औँ महाधिवेशनको तयारी सुरु गरेको छ ।
वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित

वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित

झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतको निधनका कारण एमालेले आज आयोजना गरेको केन्द्रीय सदस्यहरुको सपथ ग्रहण स्थगित भएको छ ।
वरिष्ठ अधिवक्ताको मापदण्ड फेर्न प्रस्ताव

वरिष्ठ अधिवक्ताको मापदण्ड फेर्न प्रस्ताव

वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने विद्यमान मापदण्डलाई समयानुकूल परिमार्जन गर्दै व्यवस्थित, मर्यादित र वस्तुनिष्ठ बनाउन नेपालगञ्जका कानुन व्यवसायीले आग्रह गरेका छन् ।