नेभिगेशन
सबै कुरा

गैरआवासीय नेपाली संघ विवादमा परराष्ट्रले गरेको निर्णय खारेज

काठमाडौँ । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघको अधिकारिकता सम्बन्धी विवादमा सरकारले गरेको निर्णय खारेज गरेको छ । सर्वोच्चले मङ्गलबार परराष्ट्र मन्त्रालयले गरेको पत्राचार बदर हुने फैसला सुनाएको हो । यद्यपि फैसलाको पूर्ण विवरण भने आइसकेको छैन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको इजलासले निवेदकको माग बमोजिम रिट जारी हुने फैसला गरेको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।

Marvel

निर्वाचित कार्यसमितिलाई अवैध ठहर गर्ने परराष्ट्र मन्त्रालयको पत्र विरुद्ध संघका सहकोषाध्यक्ष कृष्णप्रसाद तिमिल्सिनालगायतले दायर गरेको रिटमा सर्वोच्चले केसी समूहको निवेदन बमोजिम फैसला सुनाएको हो । केसी समूहले संघका सम्बन्धमा परराष्ट्रले गरेको निर्णय बदर र बद्री केसी नेतृत्वको निर्वाचित कार्यसमितिलाई वैधानिकता माग गर्दै रिट निवेदन दर्ता गरेको थियो । निवेदकको माग बमोजिमको रिट जारी भएको जानकारी आएको निवेदक कृष्ण तिमल्सिनाले सिधाकुरालाई बताए ।  

‘हाम्रो माग बमोजिम रिट जारी भएको जानकारीमा आएको छ । विस्तृतमा फैसला आएपछि अझ धेरै कुरा प्रष्ट हुनेछ,’ उनले भने । आफूहरूले निर्वाचित कार्यसमितिको वैधानिकता र संघ सम्बन्धमा सरकारले गरेको निर्णय बदरको माग निवेदनमा उठाएको उनले प्रष्ट्याए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

प्रतिनिधिसभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । अहिले रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट छन् । डेमोक्रेटले बहुमतका लागि कम्तीमा तीन सिटको खुद लाभ लिनुपर्नेछ...
इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इक्वेडरका जेलमा सन् २०२१ यता ५०० भन्दा बढी कैदीको मृत्यु भइसकेको छ । केही कारागार सैन्य नियन्त्रणमा रहे पनि लागुऔषध तस्करीमा संलग्न गिरोहहरूले जेलभित्रैबाट अधिकारीहरूलाई चुनौती दिँदै आएका...
साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

मन्त्रालयले नागरिक तथा महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी गरिने सबै प्रकारका आक्रमणको स्पष्ट रूपमा निन्दा गरेको छ। नागरिकको जीवन र सुरक्षामाथि हुने आक्रमण अस्वीकार्य रहेको उल्लेख गर्दै नेपालले यस्ता...
ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरेको र उनको शव लुकाएको आरोप (शव अहिलेसम्म फेला परेको छैन) सामना गरिरहेका मनासास पार्कका बासिन्दा नरेश भट्टविरुद्धको मुद्दामा बिहीबार अदालतमा सात...

भर्खरै