नेभिगेशन
सबै कुरा

राष्ट्रपति ज्यू ! हत्यारालाई माफी दिएर पाप गर्नु भयो: भारती मानन्धर (भिडियाेसहित)

असोज ३ गते, संविधान दिवसका दिन नेपालगञ्जको गगनगञ्जमा उत्साह थियो, उखरमाउलोे घाममा राजनीतिक गफगाफ पनि चर्कै थिए । गगनगञ्जको डेरामा मोवाइल चलाइरहेकी भारती मानन्धरलाई आफन्तले एउटा समाचार पठाए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरसर्ती समाचार पढिसक्दा भारती फतक्कै गलिसकेकी थिइन् । ८ बर्ष अघि छिमेकीले श्रीमान चेतनको हत्या भएको खबर सुनाउँदा बेहोस् भएकी भारतीलाई असोज ३ गते संविधान दिवसका दिन श्रीमानका हत्यारालाई राष्ट्रपतिले माफि दिएको समाचारले झन् विचलित बनायो ।

Ncell
Extreme Energy


वि.सं.२०७२ साल असार २८ गते नेपालगञ्जका चेतन मानन्धरलाई तरुण दल बाँके ३ का सभापति समेत रहेका गुण्डा नाइके रिगल भनिने योगराज ढकालले खुँडा प्रहार गरि हत्या गरेका थिए । 

हत्या गरेर फरार भएका रिगललाई २०७६ वैशाखमा जिल्ला अदालत बाँकेका न्यायाधीश विष्णु सुवेदीले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएका थिए । 

रिगलले २०८० भदौ सम्म ४० प्रतिशत मात्रै सजाय भुक्तानी गरेका थिए । असल चालचलन भएको भन्दै संविधान दिवसका दिन नेपाल सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ६० प्रतिशत कैद मिनाहा गरेका छन् । 

राष्ट्रपतिले सजाय मिनाहा गरेसँगै रिगललाई घोराही कारागारबाट निस्किँदै गर्दाको अविर जात्रा र स्कर्टिङले भारतीको वेचैनी बढाएको छ । त्रास बढाएको छ । 

घटना के थियो ?

२०७२ सालमा भारतीका श्रीमान चेतन नेपालगञ्जमा सानातिना ठेक्कापट्टाको काम गर्थे । होटल चलाउन सुरु गरेका थिए । सो समयमा चेतन र रिगल साथी थिए । 

रिगललाई चेतनले दाइ भन्थे । रिगल तरुण दलका क्षेत्रीय सभापति थिए । पहिला रिगलसँगै हिँड्ने चेतन नेकपा एमालेसँग नजिकिएपछी रिगलसँग रिसिइबी सुरु भएको थियो ।

त्यस समयमा रुपडियातिर नेपाल र भारतबीच अवैध रुपमा बस चल्न थालेका थिए । तिनै बस सञ्चालन गर्ने विषयमा रिगल र चेतन बिच मनमुटाव भएको थियो । हत्या भएको केही दिन अघि मात्र रिगल र चेतन सँगै काठमाडौँ आएका थिए । श्रीमती भारतीका अनुसार नेपालगञ्ज फर्किएपछी चेतन निकै तनावमा थिए । 

साँझको समय, खाना खाने तरखर गर्दैगर्दा रिगलले चेतनलाई अर्को दिन सुर्खेत रोडमा भेट्न बोलाए । भोलिपल्ट मोटरसाइकलमा रिगललाई भेट्न हिँडेका चेतनलाई सुर्खेत रोड नपुग्दै रिगलको समुहले खुँडा प्रहार गरी हत्या गर्यो । हत्यापछि बाँके प्रहरीले ११ जनालाई पक्राउ गरेपनि मुख्य योजनाकार रिगल भने फरार रहेका थिए । 

हत्या गरेर ३ वर्षसम्म फरार भएका रिगल २०७२ भदौ २ मा बाँके जिल्ला अदालतमा आत्मसमर्पण गर्न पुगे । केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)ले गुण्डागर्दीविरुद्ध इन्काउन्टरको अभियाननै चलाएपछी रिगलले आत्मसपर्ण गरेका थिए । 

केन्द्रिय कारागारको गोलघरमा समेत कैद भुक्तानी गरेका रिगलले कारागार भित्रैबाट अवैध गतिविधि गर्ने गरेको प्रहरी स्रोतको दाबी छ । 

राष्ट्रपतिलाई चेतनकी श्रीमतीका प्रश्नै प्रश्न 

आफ्ना श्रीमानको हत्या गरेर सजाय काटिरहेका रिगललाई राष्ट्रपतिले कैद कट्टा गरिदिएपछि भारती मानन्धर राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न चाहान्छिन् । सिधाकुरासँग कुरा गर्दै भारतीले आफ्ना श्रीमानको हत्यारालाई ६० प्रतिशत कैद छुट दिएर राष्ट्रपतिले पाप गरेको बताइन् । 

राष्ट्रपति माथि निकै आक्रोशित देखिएकी भारतीले आफ्ना श्रीमानको हत्यारालाई एक पटक पनि परिवारलाई नसोधी आम माफी दिने तपाईँ को हो ? भनेर राष्ट्रपतिलाई सोध्न चाहेको बताइन् । आम माफीको शब्दको अर्थ राष्ट्रपतिलाई सोध्ने धोको राखेकी भारतीले राष्ट्रपतिलाई सोध्न चाहेकी छिन्, न्याय भनेको के हो ?   अहिले उनलाई सबैभन्दा धेरै गुनासो राष्ट्रपतिसँग छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...