नेभिगेशन
सबै कुरा

हेटौंडामा एउटै कार्यक्रममा ४५ प्रतिशत बढी भ्रष्टाचारः सहभागीलाई चिया खुवाएर चिकेन खाजा सेटको बिल भुक्तानी

हेटौंडा । गत जेठको ७ गते हेटौंडाको पल्पसा सभा हलमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले फलफूल बजार गोदाममा रिपेनिङ एजेन्टको प्रयोगको सर्भिलेन्स तथा नियमन सम्बन्धि छलफल कार्यक्रम गरेको थियो । कार्यक्रममा व्यवसायी, सरोकारवाला निकायसहितको सहभागिता थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

हामीलाई यो कार्यक्रमको खर्चमा गडबड छ भन्ने सूचना आएपछि हामी सो कार्यक्रमको खर्चबारे जानकारी माग्न खाद्य प्रविधितथा गुण नियन्त्रण कार्यालय पुग्यौँ । खाद्यले वास्तविक खर्च विवरण, बिल भरपाईहरु देखाउन मानेनन् र कार्यालयका प्रमुख काशीनाथ घिमिरे र खाद्य अनुसन्धान अधिकृत सागर दाहालले विभिन्न आलटाल गर्दै हुँदै नभएको खर्चको हिसाब देखाए । 

खाद्य प्रविधिले वास्तविक विल लुकाएर दिएको विवरणमा कार्यपत्र प्रस्तुतिमा करसहित ५२ सय, स्टेशनरीमा २८ सय, मसलन्दमा २ हजार, ब्रसर ६४ सय, प्रतिवेदक १ हजार, पानी ५ सय, व्यानर १ हजार, सहयोगी भत्ता ३ सय, संयोजक ५ सय गरी १९ हजार ७ सयको खर्च विवरण दिए । 

कार्यक्रमका लागि आवश्यक बजेट अपुग भएको भन्दै खाद्य कार्यालयले मकवानपुर उद्योग वाणिज्य संघसँग कार्यक्रम स्थल, सहभागिहरुलाई चिया विस्कुटको सहयोग मागेको थियो । उद्योग वाणिज्य संघले चिया विस्कुटको रकम तिरीदिएको संघका कृष्णकुमार गुप्ताले जानकारी दिए । 

कार्यक्रममा ३२ जनाको सहभागिता रहेको थियो भने सहभागीहरुले कार्यक्रममा उद्योग वाणिज्य संघले उपलब्ध गराएको चिया विस्कुट बाहेक अन्य केही खाएका थिएनन् । फलफूल सम्बन्धी सचेतनामूलक प्रस्तुति दिईएको कार्यक्रममा सहभागीहरुलाई करीब १०० रुपैयाँ बराबरको स्टेसनरी वितरण गरिएको थियो । 

तर कार्यालयको फाईलमा सहभागी ३२ जनाले ६४ सय बराबरको चिकेन खाजा सेट र चिया खाएको भनेर हेटौंडा ९ पशुपतिनगरको जस्मिन खाजा घरको विल पेश गरिएको छ । जबकी कार्यक्रममा चिया बिस्कुट बाहेक केही खुवाइएको थिएन र सोको बिल समेत उद्योग बाणिज्य संघले तिरेको थियो । हामीले सो दिन खाजा वितरण गरेका खाजा घरका सञ्चालकले उक्त बिल खाद्यका हाकिमरुले आफैँले लेखेको बताए । 

त्यस्तै कार्यक्रममा २८ सयको मात्रै स्टेशनरी खर्च भएको प्रमाण हामीलाई प्राप्त भएको छ । तर सो कार्यक्रममा स्टेशनरीमा ४ हजार ८ सय ५ रुपैयाँ खर्च भएको देखाइएको छ । सो बिल समेत खाद्यका कर्मचारी आफँैले खाली विल ल्याएर अनियमितता गरेको पाइएको छ । 

खाद्य प्रविधि कार्यालयले हामीलाई उपलब्ध गराएको विवरणमा उपभोक्ता अधिकारकर्मी अजय अधिकारी र कुमार पौडेलले कार्यपत्र प्रस्तुतमा २ हजार रुपैंया मसलन्द खर्च भएको उल्लेख छ । तर उपभोक्ता अधिकारकर्मी कुमार पौडेलले आफूहरुले मसलन्द वापत कुनै रकम नलिएको बताए । 

कार्यपक्रम प्रस्तुत गरेवापत प्रमुख काशीनाथ घिमिरे र खाद्य अनुसन्धान अधिकृत सागर दाहालले थप १/१ हजार यताबाट पनि खल्तिमा हालेका छन् । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाबाट गत जेठ ७ गते गरिएको कार्यक्रमको जम्मा खर्च १९ हजार ७ सय मध्ये ४५ प्रतिशत भन्दा बढी रकम अनियमितता भएको छ ।  

नोटः माथि समाचारमा उल्लेख भएको खर्च विवरण र अनियमितता सम्बन्धी सम्पूर्ण प्रमाणहरु यस भिडियोमार्फत प्रस्तुत गरिएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चोलेन्द्र प्रकरणः सरकार, प्रहरी र सर्वोच्च तरंगित

चोलेन्द्र प्रकरणः सरकार, प्रहरी र सर्वोच्च तरंगित

सर्वोच्चले भनेको छ–  ‘नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकालाई लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मूल्यको रुपमा आत्मसात् गरेको र पूर्वप्रधान्यायाधीश, पूर्वन्यायाधीश एवं बहालवाला प्रत्येक न्यायाधीश र न्यायिक जनशक्ति...
सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

एउटै परिवारका श्रीमान्–श्रीमतीलाई फरक फरक स्टार्टप कर्जा दिएर छानबिनमा तानिएका तत्कालीन कार्यकारी निर्देशक उमेशकुमार गुप्तालाई नै फेरि १ नम्बरमा सिफारिस गरेपछि प्रक्रिया नै विवादित बनेको हो ।
वर्षौंपछि उर्लेको कालीले दियो कहिल्यै नमेटिने पीडा, मुस्ताङदेखि सुस्तासम्म कसरी फैलियो बाढी ?

वर्षौंपछि उर्लेको कालीले दियो कहिल्यै नमेटिने पीडा, मुस्ताङदेखि सुस्तासम्म कसरी फैलियो बाढी ?

मौसम पूर्वानुमान महाशाखादेखि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हरेक दिन, हरेक क्षण मौसमको अपडेट गराइरहे । सम्भावित क्षतिबाट जोगिने उपाय खोज्न र जोखिम कम गर्न भनिरहे...
भोटेकोशी भेलबाढीबारे विश्वभरका वैज्ञानिकका १३ वटा साझा निचोड

भोटेकोशी भेलबाढीबारे विश्वभरका वैज्ञानिकका १३ वटा साझा निचोड

वैज्ञानिकहरूको अध्ययनले पछिल्ला वर्षमा हिमालयमा भइरहेको तापक्रम वृद्धि र त्यससँग जोडिएका भौतिक परिवर्तनलाई भोटेकोशी भेलबाढीको महत्त्वपूर्ण पृष्ठभूमिका रूपमा औंल्याएका छन्।