नेभिगेशन
सबै कुरा

जुँगाको लडाइँ उपेन्द्र र प्रदीप यादवको, २१० क्विन्टल धानमा आगाे लाग्याे हरिन्द्रको

वीरगंज । गत पुष ६ गते पर्साको वीरगंज महानगरपालिका २२ जगरनाथपुरमा जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो अभिमुखीकरण कार्यक्रम गर्यो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी भए । यसअघि कुनै पार्टीमा नलागेका हरिन्द्र यादव पछिल्लो समय जसपा नेपाल प्रवेश गरेर वडा २२ का वडा अध्यक्षका प्रत्यासी मनोज ठाकुरलाई सघाइरहेका छन् । मनोज र हरिन्द्रका मिल्ने साथी पनि हुन् । 

Ncell
Extreme Energy


नयाँ प्रवेशी पार्टीको जनमत बटुल्न तथा पार्टीको अभिभुखिकरण कार्यक्रमका लागि उनले आफ्नै जग्गामा कार्यक्रम आयोजना गराएका थिए । 

कार्यक्रमको पूर्वतयारी गर्दै गर्दा आफूलाई कार्यक्रम अघि नै खानेपानी मन्त्री प्रदीप यादवका कार्यकर्ता नरेश यादवले ह्वाट्सएपमा फोन गरेर प्रदिप यादवको विषयमा कुनै पनी टिका टिप्पणी नगर्न धम्की दिएको मनोजको आरोप छ । 

त्यसो त उपेन्द्र सहभागी हुने कार्यक्रम अघि नरेशको समूहले विभिन्न पोलमा झुन्ड्याइएको नेपालको झण्डा समेत हटाइदिएको हरिन्द्रको आरोप छ । 

यति गर्दा पनि कार्यक्रम केही असर नपरेपछि जगरनाथपुरका स्थानीयको घर घरमा गएर कार्यक्रममा नजान आग्रह समेत गरेको मनोज बताउँछन् ।

दिनभरको राजनीतिक दाउपेचका बीच कार्यक्रम सम्पन्न भयो । तर, रातीको ११ बजे हरिन्द्रको साढे तीन बिघा धानबालीमा आगलागी भयो । 


साढे तीन बिगाहा जग्गाको धानको कुनिउँ (एक ठाउँमा जम्मा गरी दाइ गर्न राखिएको परालसहितको धान) मा डिजेल र पेट्रोल छर्केर आगो लगाइएको हरिन्द्र यादवले सिधाकुरालाई बताए ।

‘यादवको कार्यक्रम बिथोल्न नसकेर झण्डै १ हजार १२० बोझा खलियानमा थुपारेको करिब साढे ७ लाख रुपैयाँ बराबरको २ सय १० क्विन्टल धानमा डिजल पेट्रोल छर्केर नष्ट गरिएको छ’ हरिन्द्रले भने । 



रातको समयमा थुपारिएको धानमा डिजेल पेट्रोल छर्केर आगजनी गरिदिएर मिसन कम्प्लिट भनेर फेसबुकमा प्रतिशोधपूर्ण स्ट्याटस् लेखिएको पनि हरिन्द्रको दाबी छ ।

‘कार्यक्रम गर्ने कुरा थाहा पाएपछि मन्त्री पक्षले धम्की दिएको थियो । मैले जमिन उपलब्ध गराएको रिसले मेरो धानमा आगो लगाइदियो,’ उनले भने । 


घटनापछि जिल्ला प्रहरी कार्यालय पर्सामा पीडित किसान हरिन्द्र यादवले उजुरी दिएका छन् । उजुरी दिएको ५ दिन वितिसक्दा पनी हालसम्म कसैलाई अनुसन्धानको दायरामा ल्याइएको छैन् । धान जलाइएको प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको पर्साका प्रहरी प्रमुख उपरीक्षक कुमाेद ढुंगेलले बताए ।   

घटनाको भोलिपल्ट जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रहरी उपरिक्षक ढुंगेललाई बोलाएर समेत सत्यतथ्य छानविन गर्न आग्रह गरेका थिए । 

घटनापछि जसपा नेपालले पत्रकार सम्मेलन गर्दै घटनाको छानबिन र दोषीलाई कारबाही गर्न माग गरेको छ । जसपा पर्साका जिल्ला अध्यक्ष रामनरेश यादवले सत्यतथ्य छानविन गरी आगजानी लगाउने व्यक्तिहरुलाई पक्राउ नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए । 


जसपाले पत्रकार सम्मेलन गरेको दुई घण्टा नवित्दै जनता समाजवादी पार्टी वीरगंज महानगर कार्यसमितिले विज्ञप्ति जारी गरेर  जसपाले प्रदीप यादवको बदनाम गरेको आरोप लगायो ।  

‘कृषक हरिन्द्र यादवलाई गुमराहमा राखेर जसपा नेपालका जिल्ला अध्यक्ष रामनरेस यादवले खानेपानी मन्त्री तथा जसपाका उपमहासचिव प्रदिप यादवको बदनाम गराउने दुष्प्रचार गरेको पाइयो,’ विज्ञप्तिमा भनिएको छ, ‘विना कुनै तथ्य र प्रमाण बिना मनगढन्ते रुपमा कसैलाई आरोप लगाउनु निन्दनीय कार्य हो । यस्तो कार्य जो कोहीबाट भए पनि त्यसको हामी कडा प्रतिवाद गर्नेछौँ,’ अध्यक्ष इश्वरचन्द्र यादवद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।

यता मिशन पुरा भएको स्ट्याटस लेख्ने नरेश यादवले भने आफूहरुले सो राजनीतिक कार्यक्रममा २ सय मानिस सहभागी हुनबाट रोकेको विषया फेसबुकमा लेखेको दाबी गर्छन् । राजनीतिक रुपमा आफूहरु सफल भएको कुरा लेखेको तर त्यसलाई धानसँग जोडिएको उनको दाबी छ । 


‘२ हजार मान्छे जम्मा हुने भनिएको कार्यक्रममा २ सय मानिस पनि सहभागी भएनन्,’ यादवले दाबी गदै भने,‘त्यही सफलताको खुसीयाली मनाएको हो । तर धान जलाएको आरोप लगाएछन् । यो गल हो । झुट हो ।’ उनले धान जलाएको विषमा निश्पक्ष छानबिन गर्न पनि प्रशासनसँग माग गरे ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...