नेभिगेशन
गुनासो

राजावादीको प्रदर्शनः यात्रुहरु विमानस्थलको गेटबाटै झोला बोकेर भित्र जान बाध्य, गौशालादेखि यातायात डाइभर्सन

काठमाडौँ । राजावादीको प्रदर्शनका कारण त्रिभुवन बिमानस्थल भएर आवातजावत गर्ने यात्रुलाई सास्ती भएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा राजावादीहरुको प्रदर्शन भएपछि यात्रुहरुलाई सास्ती भएको हो । त्रिभुवन बिमानस्थल भएर जाने र फर्कने यात्रुहरु गेटैबाट आफ्नो सामान बोकेर भित्र जान बाध्य भएका छन् । 

CG

यात्रुलाई विदाई गर्न गएका र लिन गएका आफन्तहरुलाई समेत प्रहरीले सडक छेउको गेटैमा रोकेको छ । प्रदर्शनका कारण बिमानस्थल वरपरको सडक समेत अवरुद्ध भएको छ । जसका कारण सो क्षेत्र भएर आवातजावत गर्ने सर्वसाधारण प्रभावित भएका छन् ।

राजावादीको भीड बढेपछि ट्राफिक प्रहरीले तीनकुने देखि गौशाला क्षेत्रमा यातायात डाइभर्सन गरेको छ भने अन्य स्थानमा ट्राफिक जाम भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप गुनासो
सुन्तला किसानको गुनासो: 'मौसमले ठग्छ, स्थानीय सरकारले कर लिन्छ'

सुन्तला किसानको गुनासो: 'मौसमले ठग्छ, स्थानीय सरकारले कर लिन्छ'

यहाँका कृषकले कम्तीमा २० देखि ८०० सम्म सुन्तलाका बोट लगाएका छन् । मङ्सिर महिनामा धान भित्र्याउने समय भए पनि यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला भएकाले कृषक यतिबेला...
ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा

ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा

गाउँमा राम्रो पढाइ हुने विद्यालय नभएका कारण ढेबुवा र जेरुङघाटका विद्यार्थीहरू छिमेकी जिल्ला सिन्धुलीको फिक्कल गाउँपालिकाका रत्न गङ्गा मावि र आधारभूत विद्यालय राईगाउँ तीनखण्डेमा पढ्दै आएका छन् ।...
जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’

जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’

परिवारले छोरा गुमाएको दुःखमाथि सरकारले दिएको प्रतीक्षाको बोझ बोकिरहेका छन् । औपचारिक रूपमा सहिद घोषणा भएको सुन्दा एकछिन मन बलियो बने पनि खोइ त त्यो सम्मानसँगै आउने जिम्मेवारी...
‘जब स्कुलले थर फेरिदियो, विजयले पढ्नै सकेनन्’

‘जब स्कुलले थर फेरिदियो, विजयले पढ्नै सकेनन्’

“धान खाने खेत सम्पत्ति मुद्दा लडेरै सकियो । अब त घरबास मात्रै छ । न छोरीले न्याय पाइ न नातीले बुबाको नाम पायो”, उनले भनिन् । गाँउमा सबैलाई...