नेभिगेशन
गुनासो

टपरीको माग उच्च, व्यवसायिक उत्पादन गर्दै चन्द्रपुरका स्थानीय

चन्द्रपुर । हातेमालो सामुदायिक वन उपभोक्ता समूह चन्द्रपुर रौतहटले उत्पादन गरेको वातावरणमैत्री सालको दुना–टपरीको माग अत्यधिक बढेको छ । 

समूहमा आबद्ध महिलालाई उद्यमशीलताको विकास गर्न भन्दै मेसिनको सहायतामा दुना–टपरी उत्पादन गर्दै आइरहेको छ । तर, समूहमा आबद्ध भएका महिलाले सालको पात टिपेर पञ्चिङ मेसिनद्वारा उत्पादन गरिएको दुना टपरीको माग थेगिनसक्नु छ । 

CG

हातेमालो सामुदायिक उपभोक्ता समूहका अध्यक्ष रामलाल ठोकरले समूहमा आबद्ध भएका महिलालाई उद्यमशीलताको विकास गर्न सालको दुना–टपरीको व्यावसायिक उत्पादन गर्दै आइरहेको बताए । “यहाँ उत्पादन भएको दुना–टपरीको माग थेगिनसक्नु छ”, उनले भने, “ग्राहक आफैँ समूहको कार्यालयमा आएर लिएर जाने गर्नुहुन्छ । हामीले अझै पनि मागअनुसारको आपूर्ति गर्न सकेका छैनौँ ।”

समूहका अनुसार सालको पातबाट बनाइएको प्रति टपरीको मूल्य रु चार, ठूलो दुनाको रु दुई र सानो दुनोको रु एक बजार मूल्य तोकिएको छ । “प्लाष्टिकबाट उत्पादन भएको प्लेटभन्दा सस्तो र धार्मिक दृष्टिकोणले पनि चोखो हुने भएकाले सालको दुना–टपरीको माग अत्यधिक छ”, समूहका कार्यालय सचिव लक्ष्मण महतोले भने, “यहाँ उत्पादन भएको दुना–टपरीको महिला उद्यमीलाई आवश्यक पर्ने सबै खर्च दिएर समूहले पनि मासिक रु ३० हजारभन्दा धेरै रकम बचत गर्दै आइरहेको छ ।”
 
समूहले महिला उद्यमीले सालको पात टिपेर र सामान्य खालको टपरी खुटेर ल्याउनेसँग टपरी प्रतिगोटा रु दुई मा खरिद गर्ने गर्छ । बिजुलीको महसुल र टपरी बनाउनेलाई ज्याला र अन्य खर्चका लागि भने प्रतिटपरी रु दुई लिँदै आइरहेको छ । 

दुना–टपरी बनाउने उपकरण चलाउँदै आइरहेकी लक्ष्मी लामाले आफ्नै गाउँघरमा सानो भए पनि उद्यम गर्न पाएकामा हर्षित भएको बताइन्। “आफ्नै गाउँघरमा बसेर दैनिक छ सय आम्दानी गर्दै आइरहेकी छु । यसले पक्कै पनि हामीलाई काम गर्न सहयोग पुर्याएको छ”, उनले भनिन्, “समूहमा आबद्ध भएका महिलाले फुर्सदको समयमा सामुदायिक वनबाट सालको पात टिपेर ल्याउनुहुन्छ ।”

टपरी बनाउनका लागि सालको पातलाई सामान्य ढङ्गले खुटेर फलामको डाइमेसिनमा राखेर टपरी वा दुनाको आकार दिने गरिन्छ । समूहले २०८० जेठ १० गतेदेखि व्यावसायिक रूपमा सालको दुना–टपरीको उत्पादन गर्दै आइरहेको छ । यहाँ दैनिक दैनिक छ सय टपरी र एक हजारको हाराहारीमा सानाठूला दुना उत्पादन हुने गर्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप गुनासो
सुन्तला किसानको गुनासो: 'मौसमले ठग्छ, स्थानीय सरकारले कर लिन्छ'

सुन्तला किसानको गुनासो: 'मौसमले ठग्छ, स्थानीय सरकारले कर लिन्छ'

यहाँका कृषकले कम्तीमा २० देखि ८०० सम्म सुन्तलाका बोट लगाएका छन् । मङ्सिर महिनामा धान भित्र्याउने समय भए पनि यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला भएकाले कृषक यतिबेला...
ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा

ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा

गाउँमा राम्रो पढाइ हुने विद्यालय नभएका कारण ढेबुवा र जेरुङघाटका विद्यार्थीहरू छिमेकी जिल्ला सिन्धुलीको फिक्कल गाउँपालिकाका रत्न गङ्गा मावि र आधारभूत विद्यालय राईगाउँ तीनखण्डेमा पढ्दै आएका छन् ।...
जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’

जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’

परिवारले छोरा गुमाएको दुःखमाथि सरकारले दिएको प्रतीक्षाको बोझ बोकिरहेका छन् । औपचारिक रूपमा सहिद घोषणा भएको सुन्दा एकछिन मन बलियो बने पनि खोइ त त्यो सम्मानसँगै आउने जिम्मेवारी...
‘जब स्कुलले थर फेरिदियो, विजयले पढ्नै सकेनन्’

‘जब स्कुलले थर फेरिदियो, विजयले पढ्नै सकेनन्’

“धान खाने खेत सम्पत्ति मुद्दा लडेरै सकियो । अब त घरबास मात्रै छ । न छोरीले न्याय पाइ न नातीले बुबाको नाम पायो”, उनले भनिन् । गाँउमा सबैलाई...